close

मेरो शेयरमा बल्ल आयो पासवर्ड परिवर्तनको सुविधा, यस्तो छ प्रयोग गर्ने तरिका

टेकपाना टेकपाना

भदौ ४, २०७८ १४:५२

मेरो शेयरमा बल्ल आयो पासवर्ड परिवर्तनको सुविधा, यस्तो छ प्रयोग गर्ने तरिका

काठमाडौं । नेपाल सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले ‘मेरो सेयर’ पोर्टलको पासवर्ड आफैले परिवर्तन गर्न सकिने बनाएको छ । लामो समय देखी सीडीएससीले यो सुविधा उपलब्ध गराउने भन्दै आएको भएतापनि कार्यान्वयनमा भने आएको थिएन ।

त्यो हुँदा पासवर्ड बिर्सिएको खण्डमा हरेक पटक रिसेटको लागि सम्बन्धित क्यापिटल पुगेर आग्रह गर्नुपर्ने बाध्यता थियो । भने पासवर्ड परिवर्तनका लागि कतिपय क्यापिटलले पैसा समेत लिने गरेका थिए । तर, अब भने पासवर्ड बिर्सिएको खण्डमा प्रयोगकर्ता आफैले पासवर्ड परिवर्तन गर्नसक्ने भएका छन् ।

त्यसका लागि सीडीएससीले मेरो सेयरको पोर्टलको लगइन ‘फरगट योर पासवर्ड’ अप्सन थपेको हो । सेयरको पोर्टलमा थप भएको ‘फरगट योर पासवर्ड’ मा क्लिक गरी तपाईंले सहजै रुपमा पासवर्ड परिवर्तन गर्न सकिने छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१