close

यी ८ एपमाथि गुगलले लगायो प्रतिबन्ध, मोबाइलबाट तुरुन्त हटाउन आग्रह

टेकपाना टेकपाना

भदौ ७, २०७८ १२:३६

यी ८ एपमाथि गुगलले लगायो प्रतिबन्ध, मोबाइलबाट तुरुन्त हटाउन आग्रह

काठमाडौं । बिटक्वाइन माइनिङले पछिल्लो दुई महिनाको अवधिमा निकै चर्चा बटुलेको छ । यसरी प्रयोगकर्तामाझ बिटक्वाइन माइनिङ रुचिको विषय बनिरहँदा त्यसको फाइदा ह्याकरहरूले उठाइरहेका छन् ।

उनीहरूले बिटक्वाइन माइनिङको नाममा साधारण प्रयोगकर्तालाई मालवेयरयुक्त एप डाउनलोड गर्न लगाएर उनीहरूको डेटा संकलन गर्ने गरेको पाइएको छ ।

खुशीको कुरा के छ भने गुगलले त्यस्ता एप फेला पारी आफ्नो प्लेटफर्मबाट हटाएको छ । त्यसरी हटाइएका सबै एप क्रिप्टोकरेन्सी माइनिङसँग सम्बन्धित रहेका छन् ।

प्रयोगकर्तालाई क्लाउडमा आधारित माइनिङमार्फत ठुूलो आम्दानी गर्नसक्ने भन्दै प्रलोभनमा पारेर त्यस्ता एप डाउनलोड गर्न लगाउने गरेको पाइएको छ ।

जसमा प्रयोगकर्ताले विज्ञापन हेर्दा तथा विभिन्न सर्भिस सब्सक्रिप्सन गर्दा मासिक १५ डलरसम्म आम्दानी हुने भन्दै प्रलोभनमा पार्ने गरेको अध्ययनले देखाएको छ ।

यस्ता एप गुगलले प्ले स्टोरबाट हटाएता पनि यसअघि नै तपाईंले मोबाइलमा डाउनलोड गरिसक्नु भएको खण्डमा भने मोबाइलबाट हटाउन गुगलले आग्रह गरेको छ ।

यस्ता छन गुगलले हटाएका ८ एप

  1. BitFunds – Crypto Cloud Mining
  2. Bitcoin Miner – Cloud Mining
  3. Bitcoin (BTC) – Pool Mining Cloud Wallet
  4. Crypto Holic – Bitcoin Cloud Mining
  5. Daily Bitcoin Rewards – Cloud Based Mining System
  6. Bitcoin 2021
  7. MineBit Pro – Crypto Cloud Mining & btc miner
  8. Ethereum (ETH) – Pool Mining Cloud

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१