close

विश्वका शीर्ष साइबर सुरक्षा प्रदायकको सूचीमा नेपालका तीन कम्पनी

टेकपाना टेकपाना

पुस १८, २०७९ २३:२९

विश्वका शीर्ष साइबर सुरक्षा प्रदायकको सूचीमा नेपालका तीन कम्पनी

काठमाडौं । विश्वभर साइबर सुरक्षा प्रदायक कम्पनीको मूल्याङ्कन गर्दै आएको संस्था एमएसएसपी अलर्टले २०२२ का शीर्ष २५० साइबर सुरक्षा प्रदायक कम्पनीको सूची सार्वजनिक गरेको छ । जसमा नेपालबाट तीन कम्पनी क्रिप्टोजेन नेपाल, ग्रिन टिक नेपाल र भैरव टेक्नोलोजी पर्न सफल भएका छन् ।

यसअन्तर्गत क्रिप्टोजेन नेपाल शीर्ष २२०औं , ग्रिन टिक नेपाल शीर्ष २३३औं र भैरव टेक्नोलोजी शीर्ष २४०औँ स्थानमा पर्न सफल भएका छन् ।

एमएसएसपी अर्लटले विश्वभर उत्कृष्ट साइबर सुरक्षा सेवा प्रदान गर्दै आएका कम्पनीको गतिविधि, प्रगति, वार्षिक आम्दानी, उनीहरूले पारेको प्रभाव आदिका बारेमा मूल्याङ्कन गरी वर्षेनि रिपोर्ट प्रकाशन गर्दै आएको छ । सोही मूल्याङ्कनका आधारमा संस्थाले विश्वका उत्कृष्ट २५० कम्पनी छनोट गरेको हो ।

पछिल्लो अध्यावधिक: पुस २०, २०७९ ११:३५