close

सूचना प्रविधि सम्बन्धी तीन दिने कार्यशाला हुँदै

टेकपाना टेकपाना

पुस २०, २०७९ १८:८

सूचना प्रविधि सम्बन्धी तीन दिने कार्यशाला हुँदै

काठमाडौं । नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनग) ले आउँदो माघ ८ देखि १० गतेसम्म एनपीनग-सेभेन  (npNOG-7) नामक तीन दिने कार्यशाला आयोजना गर्ने भएको छ ।

पोखरामा हुने कार्यशालामा नेटवर्किङ एवं सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लागेका व्यावसायिक विज्ञबाट नेटवर्क एड्मिनिस्ट्रेसन र सिस्टम एड्मिनिस्ट्रेसन गरी दुई विषयगत क्षेत्रमा तालिम दिइनेछ ।

इन्टरनेट एक्सचेन्ज नेपाल र एनपीनगले संयुक्त रुपमा याे कार्यशालामा करिब १०० जना सहभागी हुने बताइएकाे छ ।

इन्टरनेट एक्सचेन्ज नेपालका प्रबन्ध निर्देशक रुपेशभक्त श्रेष्ठका अनुसार यो कार्यक्रमले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा लागेका समुदायको परस्परको ज्ञान आदानप्रदानमा सहयोग पुग्ने बताए ।

त्यस्तै एनपीनगका अध्यक्ष समित जनले काठमाडौं र काठमाडौंबाहिर गरी एक वर्षमा दुई ठाउँमा यस्ताे कार्यशाला सञ्चालन गरिने जानकारी दिए । कार्यशालाबाट नेपालमा दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्न सहयाेग पुग्ने उनले विश्वास व्यक्त गरे ।

पछिल्लो अध्यावधिक: पुस २०, २०७९ १८:८