close

सामान ल्याउन वा पुर्‍याउन पर्‍यो ? फ्याब बडले एक रुपैयाँमा १ घण्टामै गरिदिन्छ डेलिभरी !

टेकपाना टेकपाना

पुस २१, २०७९ १०:२३

सामान ल्याउन वा पुर्‍याउन पर्‍यो ? फ्याब बडले एक रुपैयाँमा १ घण्टामै गरिदिन्छ डेलिभरी !

काठमाडौं । उपत्यकाभित्र ६० मिनेटमै सामान डेलिभरी सेवा दिँदै आएको स्टार्टअप 'फ्याब बड' ले एक रुपैयाँमा सामान डेलिभरी गरिदिने अफर ल्याएको छ ।

ई-कमर्श तथा सर्वसाधारणलाई पिक एन्ड ड्रप सेवा उपलब्ध गराउँदै आएको कम्पनीले बुधबारदेखि तीन दिनसम्मका लागि याे अफर ल्याएको हो । यसअन्तर्गत काठमाडौं उपत्यकाभित्र एक रुपैयाँमा सामान डेलिभरी गर्न वा पठाउन सकिनेछ ।

कम्पनीका अनुसार यो अफर अन्तर्गत उपत्यकाभित्र कुनै पनि सामान एक घण्टामै डेलिभरी गर्न सकिनेछ । त्यस्तै फ्याब बडबाट हाफ वा फुल डेका लागि डेलिभरी राइडर बुकिङ र कुनै पनि स्टोरबाट सामान खरिद गर्ने जस्ता सेवा लिन सकिन्छ ।

कम्पनीले उपलब्ध गराउने सेवा यस लिङ्कमा क्लिक गरेर लिन सकिन्छ । तर याद गर्नुहोस् उक्त अफरका लागि (MeroBud) प्रोमोकोड प्रयोग गर्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: पुस २१, २०७९ १५:३४