close

अब सीजी इन्टरनेटको पैसा चलाएपछि तिर्न मिल्ने

टेकपाना टेकपाना

पुस २४, २०७९ १२:१७

अब सीजी इन्टरनेटको पैसा चलाएपछि तिर्न मिल्ने

काठमाडौं । अब सीजीनेटका ग्राहकले इन्टरनेट प्रयोग गरेपछि मात्र भुक्तानी गर्न पाउने भएका छन् ।   इन्टरनेट सेवाप्रदायक कम्पनी सीजी नेटले आफ्ना ग्राहकहरूका लागि पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक गरेको छ ।

सीजीनेटको 'पोस्टपेड' सेवा लिएका ग्राहकले इन्टरनेट प्रयोग गरेको महिना मरेपछि मात्र शुल्क तिर्न सक्नेछन् । यस्तो शुल्क मासिक रुपमा तिर्न सकिने कम्पनीले जनाएको छ । 

यो योजना अन्तर्गत, प्रयोगकर्ताले २५० एमबीपीएस इन्टरनेटको मासिक शुल्क एक हजार ४९ रुपैयाँ तिर्नुपर्ने हुन्छ । त्यस्तै आईपीटिभी सहितको २५० एमबीपीएस इन्टरनेट प्रयोग गर्न मासिक एक हजार १५४ रुपैयाँ तिर्नुपर्ने हुन्छ । 

कम्पनीका अनुसार, यो योजना अन्तर्गत कम मूल्यमा उच्च गतिको इन्टरनेट खोज्ने ग्राहकहरूले अब एकमुष्ट रकम नतिरेर मासिक आधारमा भुक्तानी गर्न सक्ने भएकाले पोष्टपेड योजना अगाडि सारिएको हो । 

“पहिले सेवा पछि पैसा”को अवधारणाले सुरु गरिएको यस योजनाले ग्राहकहरूलाई इन्टरनेट प्रयोग गरे पछि भुक्तानी गर्ने सेवा दिन्छ । अहिले इन्टरनेट प्रयोग गर्नको लागि पहिले नै भुक्तानी गर्नुपर्ने व्यवस्था छ । 

यो नियमित प्रिपेड प्लानहरू भन्दा सस्तो भएको र यसले मासिक रूपमा भुक्तानी गर्दा पनि वार्षिक प्याकेज बराबरको सेवा सुविधा प्रदान गर्ने कम्पनीको भनाई छ ।

साथै, फिर्ता गरिने गरि रु २,५०० को धरौटी बाहेक ग्राहकले राउटर, ड्रप–वायर र जडान खर्च जस्ता कुनै पनि अतिरिक्त शुल्क तिर्नु नपर्ने कम्पनीले जनाएको छ । यो योजनाले इन्टरनेट क्षेत्रको भुक्तानी प्रणालीलाई नै परिवर्तन गर्ने कम्पनीको विश्वास छ । 

पछिल्लो अध्यावधिक: पुस २४, २०७९ १३:१८