close

भिभोका दुई स्मार्टफोनको मूल्य घट्यो

टेकपाना टेकपाना

पुस २४, २०७९ १३:१५

भिभोका दुई स्मार्टफोनको मूल्य घट्यो

काठमाडौं । भिभोले आफ्ना 'भी' सिरिज र 'वाई' सिरिजका स्मार्टफोनहरूको मूल्य घटाएको छ । 

भी सिरिज तर्फ कम्पनीले 'भिभो भी २३ ई' को दुवै संस्करणमा पाँच हजार रुपैयाँ मूल्य घटाएको छ । घटेको रकमपछि भी २३ ई को ८ जीबी र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य ३६ हजार ९९९ रुपैयाँ पुगेको छ । 
त्यस्तै भी २३ ई को ८ जीबी र्‍याम र २५६ जीबी संस्करणको मूल्य ४१ हजार ९९९ रुपैयाँ पुगेको छ । 

यो फोनमा ६० हर्जको रिफ्रेस रेटसहित ६.४४ इन्चको एमोलेड फुलएचडी प्लस डिस्प्ले रहेको छ । त्यस्तै मिडियाटेक हेलियो जी९६ फोरजी चिपसेटबाट यो फोन सञ्चालित छ । यो फोनको पछाडि ६४ मेगापिक्सेलको मुख्यसेन्सर सहित ट्रिपल क्यामेरा सेटअप छ ।

त्यस्तै फोनको अगाडि वाटर ड्रप नचसहित ५० मेगापिक्सेलको सेल्फी क्यामेरा छ । ब्याट्री भने ४०५० एमएएच क्षमताको छ, जसमा ४४ वाटको चार्जिङ सपोर्ट छ । ​

वाई ५३ एसको मूल्य भने चार हजार रुपैयाँले घटाएर ३० हजार ९९९ रुपैयाँ बनाइएको छ । 

यो फोनमा ६० हर्ज रिफ्रेस रेट सहितको ६.५८ इन्च फुल एचडी प्लस डिस्प्ले, अक्टाकोर मिडियाटेक हेलियो जी ८० चिपसेट, ६४ मेगापिक्सेल प्राइमेरी क्यामेरा, ८ जीबी र्‍याम, १२८ जीबी अनबोर्ड स्टोरेज, ३३ वाट फास्ट चार्जिङ सहित ५ हजार एमएएच ब्याट्री लगायतका मुख्य फिचर छन् ।

स्ट्राटेजिक आर ३ क्यामेरा लेआउट सहितको वाई ५३एस स्लिक र फ्लाट फ्रेम डिजाइनमा तयार गरिएको छ र यो दुई कलरमा उपलब्ध छ । ३ डी वडी भएको वाई ५३एस सोफेष्टिकेटेड र टेक्स्चर्ड लुकमा उपलब्ध छ र यो डीप सी ब्ल्यु र फान्टाष्टिक रेन्बो कलरमा उपलब्ध छ ।


यो नयाँ मूल्य जनवरी ३१ सम्म मात्र लागू हुने कम्पनीले जनाएको छ । नयाँ लागू गरिएको मूल्य भिभोको सबै रिटेल पसल तथा ई-कमर्स साइटहरूमा पनि लागू हुनेछ । 

पछिल्लो अध्यावधिक: पुस २४, २०७९ १३:१६