close

नेपालमा रोजगार बैंक र स्टार्टअप कोष स्थापना गरिने

टेकपाना टेकपाना

पुस २५, २०७९ १९:२४

नेपालमा रोजगार बैंक र स्टार्टअप कोष स्थापना गरिने

काठमाडौं । सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार आयोजित एक समारोहबीच उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारका न्यूनतम कार्यक्रम सार्वजनिक गरे ।

यसअन्तर्गत स्वदेशी उत्पादन र स्वदेशी उपभोगलाई प्रोत्सहन गर्नेगरी विभिन्न योजना अघि सारिएको छ । साझा कार्यक्रममा रोजगार बैंक र स्टार्टअप कोषा स्थापना गर्ने विषय अटाएका छन् ।

''रोजगार बैंक, स्टार्टअप कोष र व्यवसाथ कोरल्ने केन्द्र (बिजनेश इन्कुवेसन सेन्टर) को स्थापना गरी मेक इन नेपाल र मेड इन नेपाल अभियानलाई प्रवर्द्धन गरिनेछ,'' उपप्रधान एवं अर्थमन्त्री पौडेलले भने ।

स्वरोजगारी, स्टार्टअप र विभिन्न व्यवसायले सिर्जना गर्ने रोजगारी मापनका लागि 'जबमिटर'को व्यवस्था गरिने पनि उनले उल्लेख गरे । 

पछिल्लो अध्यावधिक: पुस २५, २०७९ १९:२४