close

देशभर वडावडामा उच्च गतिको इन्टरनेट पुगेको सरकारी घोषणा, तपाईँकोमा आयो ?

टेकपाना टेकपाना

पुस २६, २०७९ १०:१४

देशभर वडावडामा उच्च गतिको इन्टरनेट पुगेको सरकारी घोषणा, तपाईँकोमा आयो ?

काठमाडौं । सरकारको नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले देशभरका सबै वडामा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुगेको घोषणा गरेको छ । मङ्गलबार एक सूचना प्रकाशित गर्दै नियामकले यसको जानकारी दिएको हो ।

ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी काठमाडौं उपत्यका बाहेक ७४ ओटै जिल्लाका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, सामुदायिक विद्यालय, सामुदायिक स्वास्थ्य संस्था/केन्द्र/अस्पतालहरूमा ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने कार्य सम्पन्न भएको दाबी गरिएको हो । यसका लागि कोषमार्फत विभिन्न सेवाप्रदायकलाई कूल १० अर्ब रुपैयाँभन्दा बढी रकम उपलब्ध गराइएको थियो ।

इन्टरनेट जोडिएका स्थानमा परियोजना अन्तर्गत दुई वर्षसम्म निःशुल्क इन्टरनेटको व्यवस्था गरिएको छ । "यस परियोजना अन्तर्गतको ब्रोडब्यान्ड सेवा सम्बन्धमा कुनै राय/प्रतिक्रिया भए यस प्राधिकरणमा जानकारी गराउनका लागि अनुरोध छ," प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ ।

 

उच्च गतिको इन्टरनेट विस्तार गर्न कहाँ कसले लिएको थियो ठेक्का ?

 

पछिल्लो अध्यावधिक: पुस २६, २०७९ १०:२४