close

पृथ्वी जयन्तीको विरोध गर्न सामाजिक सञ्जालमा आङ काजी शेर्पाको अश्लील हर्कत

टेकपाना टेकपाना

पुस २६, २०७९ १९:५९

पृथ्वी जयन्तीको विरोध गर्न सामाजिक सञ्जालमा आङ काजी शेर्पाको अश्लील हर्कत

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य आङ काजी शेर्पाले पृथ्वी जयन्तीको विरोध जनाउन सामाजिक सञ्जाल फेसबुकमा अश्लील हर्कत देखाएका छन् । सरकारले बुधबार पृथ्वी जयन्तीकाे अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेपछि शेर्पाले सामाजिक सञ्जालमा अपाच्य फोटो र स्ट्याटसहरू राखी विराेध गरिरहेका छन् ।

त्यतिमात्रै हाेइन, विरोध जनाउन अश्लील हर्कत देखाउनेहरूमध्ये उत्कृष्ट तीन जनालाई उनले पुरस्कारको घोषणा गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीको अवसरमा पुस २७ गते सार्वजनिक बिदा दिनुपर्ने सर्त राखेपछि पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वकाे सरकार र सत्तारूढ दल राजी भएका थिए ।

यसपछि जसपाका नेता शेर्पाले विरोध जनाउन सामाजिक सञ्जालको दुरुपयोग गरेका छन् । उनका पोस्टहरुमा पनि घृणाजन्य कमेन्टहरु देख्न सकिन्छ । 

पछिल्लो अध्यावधिक: पुस २७, २०७९ ८:२२