close

सेञ्चुरी बैंकका ग्राहकको खाता नम्बर परिवर्तन, यसरी थाहा पाउनुहोस् नयाँ खाता नम्बर

टेकपाना टेकपाना

पुस २७, २०७९ ८:३८

सेञ्चुरी बैंकका ग्राहकको खाता नम्बर परिवर्तन, यसरी थाहा पाउनुहोस् नयाँ खाता नम्बर

काठमाडौं । प्रभु बैंकसँग मर्जर भएसँगै सेन्चुरी कमर्सियल बैंकका ग्राहकको खाता नम्बर परिवर्तन भएको छ । एक सूचना जारी गर्दै सेन्चुरी बैंकले ग्राहकको खाता नम्बर परिवर्तन भएको जानकारी दिएको हो ।

"साविक सेञ्चुरी कमर्सियल बैंक लिमिटेडमा खाता खोली कारोबार गरिरहनु भएका ग्राहकको खाता नम्बर १२ अङ्कको रहेकोमा उक्त खाता नम्बर परिवर्तन भई १६ अ‌ंकको कायम भएको व्यहोरा जानकारी गराउँदछौं," बैंककाे सूचनामा उल्लेख छ ।

ग्राहकले परिवर्तित खाता नम्बर थाहा पाउन आफ्नो मोबाइल तथा इन्टरनेट बैंकिङ लगइन गर्न सक्नेछन् । साथै प्रभु बैंक लिमिटेडको कुनैपनि शाखा कार्यालयमा सम्पर्क गरी खाता नम्बर थाहा पाउन सकिने छ ।

प्रभु बैंक र सेन्चुरी बैंक मर्जरपछि मंगलबारदेखि एकीकृत कारोबार सुरु भएकाे छ ।

 

 

पछिल्लो अध्यावधिक: पुस २७, २०७९ ८:४२