close

कलेज प्रोफाइलः नेपालमै बेलायती विश्वविद्यालयको आईटी कोर्ष पढाउने सफ्टवेरिका

टेकपाना टेकपाना

पुस २७, २०७९ १२:३८

कलेज प्रोफाइलः नेपालमै बेलायती विश्वविद्यालयको आईटी कोर्ष पढाउने सफ्टवेरिका

सन् २०१० मा स्थापना भएकाे सफ्टवेरिका कलेज अफ आईटी एन्ड ई-कमर्सले नेपालमा बेलायती कोभेन्ट्री विश्वविद्यालयबाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेकाे छ ।

याे कलेजले सूचना प्रविधिका काेर्ष मात्र अध्यापन गराउँछ । हाल कलेजले ब्याचलर्समा दुई र मास्टर्समा एक गरी कुल तीन काेर्ष  सञ्चालनमा ल्याएकाे छ ।

नेपाली विद्यार्थी मात्र नभई ​सफ्टवेरिकाले सन् २०१९ देखि अन्तर्राष्ट्रिय विद्यार्थीहरुकाे भर्ना समेत लिने गरेकाे छ । विद्यार्थीकाे प्रतिभालाई सहयाेग गर्न कलेजले विभिन्न वर्कशप, प्रदर्शनी, बुटक्याम्प लगायतका क्रियाकलाप गर्दै आएकाे छ । 

कलेज नाम: सफ्टवेरिका कलेज अफ आईटी एन्ड ई-कमर्स

सम्बन्धन: कोभेन्ट्री विश्वविद्यालय, बेलायत

संस्थापक: विज्ञान श्रेष्ठ

कलेज प्रमुख: प्रमाेद पाैडेल

फाइनान्स डिरेक्टर: मनाेज कुमार श्रेष्ठ

बिजनेस डेभलपमेन्ट डिरेक्टर : अमृत थापा

शिक्षक/कर्मचारी संख्या: ७०

भर्ना: स्प्रिङ इन्टेक (सेप्टेम्बर/अक्टाेबर) र अटम इन्टेक (जनवरी/फ्रेबुअरी)

 

काेर्ष

बीएससी (अनर्स) कम्प्युटिङ

याे ३६० क्रेडिट आवरकाे तीन वर्षे अनर्स डिग्री हाे ।  विद्यार्थीहरुले याे काेर्ष अध्ययन गरेर कुनै पनि प्राेगामिङ ल्याङ्वेज, माेबाइल एप्लिकेसन आदिमा विशेषज्ञता प्राप्त गर्न सक्छन् ।  पाठ्यक्रमसम्बन्धी थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

बीएससी (अनर्स) इथिकल ह्याकिङ एन्ड साइबर सेक्युरिटी

याे साइबर वा इन्टरनेट सेक्युरिटी सम्बन्धित ३६० क्रेडिट आवरकाे तीन वर्षे काेर्ष हाे । यसमा विशेषत: साइबर आक्रमण, मालवेयर एनालिसिस, पेनिट्रेसन टेस्टिङ, पासवर्ड क्र्याकिङ जस्ता विषयमा पढाइ हुन्छ । पाठ्यक्रमसम्बन्धी थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

एमएससी डेटा साइन्स एन्ड कम्प्युटेसनल इन्टेलिजेन्स

इन्टरनेटमा हाम्राे सम्पत्ति भनेकाे डेटा हाे । यसैबारे पढाइ हुने काेर्ष हाे याे । यसमा मसिन लर्निङ, बिग डेटा एनालिसिस, न्युरल नेटवर्कस्, इभाेलुस्नरी कम्प्युटेसन आदि पढाइ हुन्छ । पाठ्यक्रमसम्बन्धी थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

विद्यार्थी

हाल यस कलेजमा करिब एक हजार विद्यार्थी अध्ययन गरिरहेका छन् । कलेजबाट उत्तीर्ण कुल विद्यार्थीमध्ये २३ प्रतिशत उच्च शिक्षा एवं रोजगारीका लागि विदेश गएको प्रिन्सिपल प्रमोद पौडेलले जानकारी दिए ।

साथै करिब ६० प्रतिशत विद्यार्थी नेपालमा नै सरकारी तथा गैरसरकारी संस्थाहरुमा काम गरिरहेको, करिब १२ प्रतिशतले आफ्नै स्टार्टअप सुरु गरेको र करिब चार प्रतिशत विद्यार्थी फ्रिल्यान्सिङ तथा विदेश जानका लागि तयारी गरिरहेको पनि उनले बताए ।

सम्पर्क

वेबसाइट: softwarica.edu.np

टेलिफाेन: ०१-४५२५६६१

ईमेल: [email protected]

ठेगाना: डिल्लीबजार, काठमाडाैं 

पछिल्लो अध्यावधिक: माघ १२, २०७९ १२:४४