close

ईसेवा प्रयोगकर्तालाई दैनिक रु. १ मै स्वास्थ्य सेवा, दुई लाख ३० हजारसम्मको बीमा सुविधा

टेकपाना टेकपाना

पुस २७, २०७९ १६:२५

ईसेवा प्रयोगकर्तालाई दैनिक रु. १ मै स्वास्थ्य सेवा, दुई लाख ३० हजारसम्मको बीमा सुविधा

काठमाडौं । भुक्तानी सेवा प्रदायक ईसेवाबाट दैनिक रु. १ भन्दा कममै पूर्ण हेल्थ केयर सुविधा लिन सकिने भएको छ । कम्पनीले हिमालयन एभरेष्ट इन्स्योरेन्स्सँगको सहकार्यमा यस्तो सुविधा ल्याएको हो ।

ईसेवाको मोबाइल एप्समा गई 'ईसेवा केयर सेवा' अन्तर्गत दैनिक रु. १ भन्दा पनि कमका दरले एक वर्षका लागि ३६० रुपैयाँमा यो प्याकेज खरिद गर्न सकिनेछ, जहाँ ग्राहकले थुप्रै स्वास्थ्य सेवाका साथै स्वास्थ्य बीमा प्याकेज र दुर्घटना बीमाको सुविधा लिन सक्नेछन् ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट दिइने दुर्घटना उपचार खर्च, अस्पतालको बेड शुल्क, मृत्यु र अशक्ततालाई मात्र दैनिक रु.१ मा दुई लाख ३० हजारसम्मको बीमा दाबी गर्न सकिनेछ । यस प्योकज अन्तर्गत आकस्मिक उपचार र चिकित्सा परीक्षण तथा चोटपटक तथा दुर्घटनापछि अस्पतालमा बुझाउनुपर्ने शुल्कको दाबी गर्न सकिनेछ ।

यस प्याकेजमा २४ घण्टाभन्दा बढीको अस्पतालमा भर्ना भएको प्रत्येक दिनको लागि खरिदकर्तालाई भुक्तानी गरिएको एक निश्चित दैनिक भत्ताको समेत व्यवस्था गरिएको छ । ईसेवा केयर खरिद गरेका ग्राहकलाई दुई लाख ३० हजारसम्मको स्वास्थ्य व्यवस्था तथा दुर्घटना उपचार, रु. १०० ईसेवा रिवार्ड पोइन्ट, गणेशमान सिंह अस्पताल दन्त इकाईमा एक पटक निःशुल्क परामर्श र एउटा स्केलिङ सेवामा रु. ५०० छुट, आवरन छाला र कपाल क्लिनिकमा १० प्रतिशत छुट, द ब्युटी बार नेपालमा २० प्रतिशत छुटजस्ता सुविधा रहेका छन् ।

यसैगरी हिमालयन एभरेष्ट इन्स्योरेन्समार्फत अस्पतालको बेड चार्जमा १० हजार रुपैयाँसम्म कभर हुने, मृत्यु र अशक्तता खर्च एक लाख रुपैयाँसम्म, दुर्घटना चिकित्सा खर्च एक लाखसम्म, अन्त्येष्टि यातायात खर्च एक लाखसम्म, अन्त्येष्टि खर्च १० हजारसम्म जस्ता सुविधा रहेका छन् ।

यसैगरी आकस्मिक चिकित्सा कभरेजतर्फ दुर्घटनाका कारण हुने कुनै पनि उपचार खर्च एक लाखसम्म, पार्थिव शरीर व्यवस्थापन तथा किरिया खर्चतर्फ बीमितको मृत्यु भएको खण्डमा बीमितको पार्थिव शरीर व्यवस्थापन तथा किरिया खर्च १० हजार रुपैयाँ. स्थायी पूर्ण अशक्ततातर्फ बीमा गरिएको अवधिभित्र भएको दुर्घटनाको क्षतिपूर्ति प्रदान गरिनेछ ।

साथै अस्थायी पूर्ण अशक्ततातर्फ दुर्घटनाका कारण बीमकले आफ्नो व्यावसाय पूर्ण रुपमा सन्चलान गर्न नसकेमा २६ हप्तासम्म बीमाको पाँच प्रतिशत वा वार्षिक २० हजार बराबरको रकम उपलब्ध हुनेछ । यो बीमा प्योकज खरिद गरेका व्यक्तिले बीमा दाबी गर्नको लागि ३५ दिनभित्र हिमालयन एभरेष्ट इन्स्योरेन्स्मा आवश्यक कागजात सहित सम्पर्क गर्नुपर्ने जनाइएकाे छ ।

पछिल्लो अध्यावधिक: पुस २७, २०७९ १६:२५