close

माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एपमा एसएमएस भेरिफिकेसन फिचर, ह्याकरबाट जोगाउने

टेकपाना टेकपाना

पुस २८, २०७९ १४:३४

माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एपमा एसएमएस भेरिफिकेसन फिचर, ह्याकरबाट जोगाउने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एपमा नयाँ सुरक्षा फिचर थपेको छ ।

पछिल्लो समय मोबाइल बैंकिङ एपमार्फत देखिएका विभिन्न शङ्कास्पद गतिविधि तथा अनधिकृत कारोबारहरु कम गर्न र ग्राहकलाई सुरक्षित राख्न बैंकले आफ्नो मोबाइल बैंकिङ एप एम.बी.एल एम स्मार्ट (MBL M-Smart) एसएमएस अलर्ट प्रमाणीकरण प्रविधि थप गरेको हो ।

बैंकिङ एपमध्ये नेपालमै पहिलो पटक यस्तो फिचर आफूले ल्याएको बैंकले जनाएको छ ।

''नेपालमै पहिलोपटक उच्च सुरक्षा सतर्कताका साथ मोबाइल बैंकिङमा हाल ओटीपी शेयरमार्फत सबैभन्दा धेरै अनधिकृत कारोबारहरु भइरहेको पाइएको छ । विभिन्न लक्की ड्र, ठूलो रकमको चिठ्ठा परेको लगायतका प्रलोभन देखाएर आफ्नो मोबाइलमा प्राप्त हुने ओटीपी शेयर गर्न लगाई ह्याकरहरूले ठूलो मात्रामा अनधिकृत कारोबारहरु गरिरहेको पाइएकाले उक्त समस्यालाई रोक्न एपमा नयाँ प्रविधिको सुरुवात गरिएको हो,'' बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यस प्रविधिको सुरुवात भएसँगै ग्राहकबाट ओटिपी प्राप्त गरी मोबाइल बैकिङ पहुँच प्राप्त गर्ने सम्भावना बन्द भएको र माेबाइल बैंकिङ सेवा थप सुरक्षित र भरपर्दो बनेको बैंककाे दाबी छ ।

पछिल्लो अध्यावधिक: पुस २८, २०७९ १४:३४