close

डिजी पेमा आबद्ध व्यवसायीले अब सस्तो मूल्यमा डिजिटल मार्केटिङ गर्न पाउने

टेकपाना टेकपाना

पुस २८, २०७९ १७:२१

डिजी पेमा आबद्ध व्यवसायीले अब सस्तो मूल्यमा डिजिटल मार्केटिङ गर्न पाउने

काठमाडौं । ​भुक्तानी सेवाप्रदायक डिजी पे प्रालिमा आबद्ध व्यवसायीले सस्तो मूल्यमा डिजिटल मार्केटिङ गर्न पाउने भएका छन् । यसका लागि कम्पनीले ट्वान्टी फस्ट टेक प्रालिसँग सहकार्य गरेको छ ।

आफ्नो बजार र सेवा विस्तार गर्ने योजना अन्तर्गत डिजी पेले डिजिटल मार्केटिङ तथा वेबसाइट, एप निर्माता कम्पनीसँग सहकार्य गरेको हो ।

डिजी पेमा आबद्ध सम्पूर्ण व्यवसायीले डिजिटल मार्केटिङमार्फत आफ्नो बजार विस्तार गर्नसक्ने छन् ।

यसअन्तर्गत ट्वान्टी फस्ट टेकको ३० हजार मूल्य पर्ने प्रिमियम प्याकेज १५ हजार रुपैयाँमै उपलब्ध हुनेछ भने वेबसाइट र एप तथा अन्य विभिन्न सेवामा ५० प्रतिशतसम्म छुट उपलब्ध हुने जनाइएकाे छ ।

पछिल्लो अध्यावधिक: पुस २८, २०७९ १७:२६