close

विद्युतीय उपकरणको ई-कमर्स 'नेपब्रान्ड डटकम' सञ्चालनमा

टेकपाना टेकपाना

पुस २९, २०७९ १०:१८

विद्युतीय उपकरणको ई-कमर्स 'नेपब्रान्ड डटकम' सञ्चालनमा

काठमाडौं ।​ ई-कर्मस प्लेटफर्म 'नेपब्रान्ड डटकम' सञ्चालनमा आएको छ । प्रविधिसँगै हरेक क्षेत्रमा बढ्दो विद्युतीय उपकरणहरूको प्रयोगलाई लक्षित गर्दै ई-कर्मस व्यवसाय सञ्चालनमा ल्याइएकाे कम्पनीले जनाएकाे छ ।

''पछिल्लो समय बढ्दो अनलाइन किनमेल शैलीका बीच मानिसहरूलाई विश्वासिलो, भरपर्दो र गुणस्तरीय सामग्री छनाेट एवं पहिचानमा कठिन हुने गरेको छ,'' कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ''यस्तोमा विद्युतीय उपकरणलाई केन्द्रित गर्दै 'इलेक्ट्रोनिक हब'का रुपमा विश्वसनीय र गुणस्तरीय सेवा दिने लक्ष्यका साथ नेपब्रान्ड सुरु भएको हो ।''

नेपब्रान्डमा मोबाइल, कम्प्युटर, ग्याजेट, स्मार्टवाच, बड्स, स्पिकर, माइक्रोफोन, क्यामेरा, गेमिङ सामग्री, हाेम अप्लायन्स लगायतका विद्युतीय, डिजिटल एवं प्रविधिजन्य सामग्री खरिद गर्ने सकिने र होम डेलिभरीको व्यवस्था समेत उपलब्ध हुने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: पुस २९, २०७९ १०:२३