close

३१ फोटोमा हेर्नुहोस्, नोयडामा जारी अटो एक्स्पोमा राखिएका ईभी/तस्वीरः अर्पना मगर

टेकपाना टेकपाना

पुस २९, २०७९ १९:४९

३१ फोटोमा हेर्नुहोस्, नोयडामा जारी अटो एक्स्पोमा राखिएका ईभी/तस्वीरः अर्पना मगर

काठमाडौं । भारतको नोयडामा शुक्रबारदेखि बृहत् सवारी प्रदर्शनी 'अटो एक्स्पो: द मोटर शो २०२३' सुरु भएको छ । भारतको ग्रेटर नोयडास्थित इन्डिया एक्स्पो मार्ट प्रदर्शनीमा आयोजना गरिएको कार्यक्रममा कुल ७० भन्दा बढी गाडी उत्पादन कम्पनीहरूको सहभागिता रहेको छ । सहभागी मध्ये ३० भन्दा बढी कम्पनीले आफ्ना विद्युतीय सवारीहरू राखेका छन् । 

एक्स्पोको १६औँ संस्करणमा भारतीय अटोमोबाइल उद्योगको हरियाली तर्फको रूपान्तरणको बाटोलाई हाइलाइट गर्ने गरी बजारमा सार्वजनिक भइसकेका तथा बजारमा आउने नयाँ सवारीहरूको प्रदर्शनी गरिएको छ ।

मारुती सुजुकीले नयाँ कन्सेप्ट इलेक्ट्रिक एसयूभी ईभीएक्स नामक कार सार्वजनिक गरेको छ भने एमजी मोटोर्सले आफ्नो विद्युतीय कार नेक्स्ट - जेन हेक्टरको मूल्य सार्वजनिक गरेको छ ।  कम्पनीले   कारको मूल्य १४ लाख ७२ हजार भारतीय रुपैयाँ तोकेको छ । अटो एक्स्पो २०२३ मा अशोक लेल्याण्डले सात प्रकारका सवारीहरू प्रदर्शनीमा राखेको छ ।

जसमा ब्याट्री विद्युतीय सवारी साधन, इन्धन सेल विद्युतीय सवारी साधन, हाइड्रोजन इन्टरनल कम्बसन इन्जिन (आईसीई) सवारी साधन, तरल प्राकृतिक ग्यास सवारी साधन, इन्टरसिटी सीएनजी बस, मिनी यात्रुवाहक बस रहेका छन् ।

यस्तै स्विच मोबिलिटी अशोक लेल्याण्डसँगको एकीकृत प्रदर्शनमा सबै नयाँ एलईभी  सिरिजका सवारीहरू प्रदर्शनीमा देख्न सकिन्छ । प्रदर्शनी छ दिनसम्म चल्नेछ । 

ग्रिब्स कटनले छ नयाँ दुई पाङ्ग्रे र तीन पाग्रे विद्युतीय सवारी सार्वजनिक गरेको छ । हुन्डाई मोटरले भने अल इलेक्ट्रिक आयोनिक फाइभ सार्वजनिक गरेको छ । 

साथै आयोनिक छ पनि प्रदर्शनीमा राखेको छ । साथै कियाले आफ्नो अल इलेक्ट्रिक कारको कन्सेप्ट प्रदर्शनीमा राखेको छ ।

पछिल्लो अध्यावधिक: पुस २९, २०७९ १९:४९