close

यस्ता छन दैनिक जीवनमा उपयोगी एआई टुलहरू

टेकपाना टेकपाना

पुस ३०, २०७९ ११:१६

यस्ता छन दैनिक जीवनमा उपयोगी एआई टुलहरू

काठमाडौं । अहिले एआई अर्थात् आर्टिफिसिएल इन्टेलिजेन्समा आधारित सफ्टवेयर निकै चर्चामा छन् । गत नोभेम्बरमा बजार प्रवेश गरेको ओपन एआईको च्याट जीपीटी एउटा उदारण हो ।

त्यसैले आज यहाँ हामी विभिन्न कामका लागि उपयोगी हुने एआई टुल्सका बारेमा जानकारी दिँदैछौँ ।​

टेक्स्टका माध्यमले फोटो तयार पार्ने: 

तपाईँले आफूलाई कस्तो फोटो आवश्यक परेको छ भन्ने टेक्ट राख्नुभयो भने यी एआई टुलले निर्देशन अनुसारको फोटो तयार पार्छन् । टेक्स्ट टु इमेज एआई टुल यस प्रकार छन् ।

ड्याल.ई २, स्टेबल डिफ्युजन, क्राइयोन, जासपर, इमाजेन, नाइटक्याफे, वम्बो, न्युरल लभ

टेक्स्टबाट भिडिओ बनाउन उपयोगी एआई टुलहरू:

तपाईँलाई कस्तो भिडिओ आवश्यक परेको छ भन्ने टेक्ट राख्नुभयो भने यी एआई टुलले निर्देशन अनुसारको भिडिओ क्लिप तयार पार्छन् । टेक्स्ट टु भिडिओ एआई टुल यस प्रकार छन् ।

रनअवे, फ्लिकी, सिन्थेसिया, मेटा एआई, गुगल एआई, फेनाकी

टेक्स्ट टु अडिओ रुपान्तरण गर्न उपयोगी एआई टुलहरू:

यदि तपाईँ आफूले लेखेका टेक्स्टलाई अडियोमा परिणत गर्न चाहनु हुन्छ भन् यी टुल उपयुक्त हुन सक्छन् ।

प्ले.हिट, मर्फ डट एआई, रिजेम्बल डट एआई, वेलसेड, डिस्क्रिप्ट

टेक्स्ट टु टेक्स्टका लागि उपयुक्त एआई टुलहरू:

यदि आफूले लेखेका कन्टेन्ट व्याकारण रूपमा कति शुद्ध गराउन, त्यसमा आकर्षक शब्द थप्न यी एआई टुलको प्रयोग गर्न सकनुहुन्छ ।

सिम्पिफाइड, ज्यास्पर, फ्रेज, इलेथर डट एआई, रेक्वस्टोरी, ग्रामर्ली, कपी डट एआई, राइटसोनिक, ओपन एआई च्याट जीपीटी ३ ।

टेक्स्टबाट कोड तयार पार्न यी एआई टुलको सहयोग लिनुहोस्:

यदि तपाईँ प्रोग्रामिङ ल्याङ्ग्वेजमा रूचि राख्नुहुन्छ भने तपाईँका लागि यी एआई टुल उपयुक्त हुन्छन् ।

रेप्लिट जेनेरेट कोड, गिहब पाइलट

पछिल्लो अध्यावधिक: पुस ३०, २०७९ ११:३४