close

कस्तो छ डिजिटल करेन्सी र क्रिप्टोकरेन्सीको भविष्य, अनि अन्त्य होला त नोटको कारोबार ?

टेकपाना टेकपाना

पुस ३०, २०७९ १६:४३

कस्तो छ डिजिटल करेन्सी र क्रिप्टोकरेन्सीको भविष्य, अनि अन्त्य होला त नोटको कारोबार ?

काठमाडौं । गएको नोभेम्बरमा क्रिप्टोकरेन्सीको रहश्यमयी दुनियाँमा भूकम्प आइदियो, जब क्रिप्टोकरेन्सी एक्सचेन्ज कम्पनी एईएक्सका संस्थापक श्याम ब्याङ्कम्यान फ्रिडले एफटीएक्स टाट पल्टिएको घोषणा गरिदिए ।

३० वर्षीय अमेरिकी नागरिक श्याम ब्याङ्कम्यान फ्रिडलाई एक निकै प्रतिभाशाली व्यक्तिको रूपमा हेर्ने गरिन्थ्यो । उनले डेमोक्रेटिक पार्टीलाई समेत निकै ठूलो रकम चन्दामा दिएका  थिए ।

अब ऋणदाता उनीसँग आफ्नो अर्बौँ डलर मागिरहेका छन् । यो कम्पनीको आश्चर्यजनक पतनसँगै क्रिप्टोकरेन्सी कम्पनीको विश्वसनीयतामाथि आघात पुगेको छ ।

तर कयौँ देश, जो मानिस र कम्पनीबीचको लेनदेनमा निकै ठूलो परिवर्तनतर्फ अगाडि बढिरहेका छन्, उनीहरूका लागि मात्र यो एक मामुली अड्चन हो । केही देश क्रिप्टोकरेन्सीको दबाबमा आफ्नो डिजिटल करेन्सी सुरु गर्ने योजना बनाइरहेका छन् ।

जसबाट पैसाको लेनदेनमा बैंकहरूको भूमिका समाप्त हुन सक्छ । हालै मात्र भारतका केही सहरमा सीमित बैंकले डिजिटल करेन्सी सुरु गरिसकेका छन् । यस्तोमा के अब डिजिटल मुद्राले नगदको स्थान लिन सक्छ ? के यो नगद पैसाको विकल्प बन्न सक्ला ? आज हामी यही विषयमा चर्चा गर्दैछौँ । 
 

डिजिटल सुन

क्रिप्टोकरेन्सीको सुरुवात त ९० को दशकको मध्यमै भइसकेको  थियो । यसको मक्सद थियो, बैंक वा कुनै देशको मुद्रामा निर्भर नभएरै एक व्यक्तिबाट अर्को व्यक्तिसम्म पैसा पुर्‍याउनु ।

तर कयौँ वर्षसम्म यो अवधारणा वा कल्पना केवल डिजिटल दुनियाँका सौखिन मानिसहरूबीच मात्रै सीमित रह्यो । सन् २००८ को विश्व आर्थिक सङ्कटपश्चात् यो पूर्ण रूपमा अन्तर्राष्ट्रिय बजारमा आयो ।

फ्रान्सिस कोपलर एक स्वतन्त्र वित्तीय विश्लेषक हुन् । उनी भन्छिन्, "म क्रिप्टोकरेन्सीमा त्यति धेरै विश्वास गर्दिनँ ।" सन् २००९ मा आएको पहिलो सफल क्रिप्टोकरेन्सीको रूपमा बिटक्वाइनको जन्म भयो ।

"एक गुमनाम व्यक्तिले एक प्राज्ञिक दस्तावेज प्रकाशित गर्‍यो । यो दस्तावेजमा एक नयाँ भुक्तानी प्रणालीको नक्सा कोरिएको थियो । जसमा बैंकहरू, केन्द्रिय बैंक, यहाँसम्म कि सरकारलाई समेत बाहिर राखिएको थियो । यो प्रणालीको माध्यमबाट मानिसहरू परम्परागत मुद्रा तथा बैंकको सहयोग बिना नै आपसमा खरिद बिक्रीका लागि भुक्तानी गर्न सक्थे,"

कोपलर भन्छिन् । निकै नै छिटोगरी मानिसहरू यस्ता बिटक्वाइन तथा क्रिप्टोकरेन्सीको बारेमा थाहा पाउन थाले । यी क्रिप्टोकरेन्सीको प्रबन्ध गैर सरकारी विकेन्द्रिकृत प्रविधिको माध्यमबाट गरिन्छ ।

यो प्रविधिलाई ब्लकचेन भन्ने गरिन्छ । यसका निर्माताहरूले यस्तो तरिका निकालेका थिए, जसबाट एक बिटक्वाइन दोस्रो पटक बन्न नसकोस् । र यसरी सन् २००९ मा पहिलो क्रिप्टोकरेन्सी अस्तित्वमा आयो, जब १० हजार बिटक्वाइनबाट दुई ओटा पिज्जा खरिद गरियो ।

कयौँ लगानीकर्ता तथा सट्टेबाजहरू बिटक्वाइनमा रुचि देखाउन थाले । तर सामान्य किसिमले पसलहरूमा यसको प्रयोग कहिल्यै राम्रोसँग प्रचलनमा आउन सकेन ।

"यो भन्नु गलत हुने छैन कि सुरुवातमा यसको प्रयोग यस्ता व्यक्तिहरूको खास सानो तप्कामा हुने गरेको थियो, जो कम्प्युटर विज्ञानका जानकार थिए । उनीहरू व्यवस्था विरोधी अथवा भनौँ अराजकतावादी थिए । यो मानिसहरूको एउटा सानो झुण्ड थियो, जसको बीचमा बिटक्वाइनमार्फत सरसामान खरिद बिक्री गर्न सकिन्थ्यो," उनी भन्छिन् ।

बिटक्वाइन विश्व मुद्रा बन्न सकेन । न त आम पसलहरूमा यसको प्रयोग प्रचलित हुन सक्यो । तर सन् २०१३ सम्म बिटक्वाइनले एउटा सफलता जरुर हात पार्‍यो, त्यो के थियो भने यसले भारी मात्रामा अपराधीहरूलाई आफूतर्फ आकर्षित गरिदिएको थियो ।

सिल्करोड नामक एक वेबसाइट, जहाँ नशालु मादक पदार्थ, अश्लील सामग्री अथवा हतियार बिक्री गरिन्थे, त्यहाँ बिटक्वाइन चल्ने गर्थ्यो । यस्ता कुनै पनि चिज, जुन कानूनी तवरमा खरिद गर्न सकिँदैन, त्यो बिटक्वाइनमार्फत खरिद गर्न सकिन्थ्यो ।

सन् २०१३ मा अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले त्यसलाई बन्द गरिदियो । यद्यपि अहिलेसम्म आइपुग्दा सयकडौँ क्रिप्टोकरेन्सी अस्तित्वमा छन् । यिनको मूल्यमा भारी उतारचढाव आइरहन्छ ।

नोभेम्बर १९ र २१ मा एक बिटक्वाइनको मूल्य ६५ हजार डलरभन्दा बढी थियो । तर एक वर्षभित्र, जब एफटीएक्स टाट पल्टिएको खबर फैलियो, तब बिटक्वाइनको मूल्य अवमूल्यन भएर १६ हजार अमेरिकी डलरभन्दा पनि कम भइदियो ।

कसैको जालसाझीका कारण बैंकमा राखिएको उनीहरूको पैसा हराउन सक्छ भन्ने कुरा लगानीकर्ताले राम्रैसँग बुझेका हुन्छन् । तर आफ्नो बिटक्वाइनको पासवर्ड कि कसैसँग शेयर नगर्ने हो भने ब्लक चेन प्रविधिका कारण उनीहरूको बिटक्वाइन हराउने जोखिम हुँदैन ।

"वास्तवमा बिटक्वाइन कहिल्यै ह्याक गर्न सकिँदैन । तर यदि तपाईँको पासवर्ड वा कि अन्य कसैको हात लाग्ने हो वा नहराउने हो भने तपाईँको बिटक्वाइन चोरी हुन सक्छ," फ्रान्सिस कोपलर भन्छिन् ।

अब सबैभन्दा महत्त्वपूर्ण कुरा यो छ कि क्रिप्टोकरेन्सी कुनै बैङ्क वा सरकारद्वारा जारी गरिँदैन, बरु लेनदेन गर्ने कम्पनीहरू त्यसलाई नियन्त्रण गर्दछन् । यस्तोमा यदि तपाईँको पैसा गायब भयो भने तपाईँ कसैको सहयोग लिन सक्नु हुन्न । एफटीएक्सको मामिलामा पनि यस्तै भयो । 

 

क्रिप्टोकरेन्सीको अर्को आयाम

बिटक्वाइनको सुरुवातको केही समय पश्चात मासाचुसेट्स युनिभर्सिटी अर्थात एमआईटीका भौतिक शास्त्रका एक स्नातक एक दिन क्रिप्टोकरेन्सीको मूल्य हेररहेकी थिइन् ।

एफटीएक्सका संस्थापक श्याम ब्याङ्कम्यान फ्रिडको बारेमा एक किस्सा छ कि एक दिन बिहान उनले देखे कि बिटक्वाइन जापानमा ११ हजार  डलर मूल्यमा बिक्री भइरहेको थियो । जब कि अमेरिकामा त्यसको मूल्य १० हजार अमेरिकी डलर थियो ।

यस्तोमा त्यो व्यापारको राम्रो मौका थियो, तपाई जहाँ बिटक्वाइन सस्तो मूल्यमा बिक्री भइरहेको छ, त्यहाँबाट खरिद गर्नुहोस् र अर्को ठाउँमा त्यसलाई महँगोमा बेचेर नाफा कमाउनुहोस् ।

त्यसपछि श्याम ब्याङ्कम्यान फ्रिडले आफ्ना सहयोगीसँग मिलेर बिटक्वाइन खरिद बिक्रीको कारोबार गर्ने फैसला लिए । तर त्यसका लागि उनीसँग केवल आफ्नो पैसा थियो ।

त्यसको भारी मात्रामा कारोबार गर्नका लागि अरुको पैसाको जरुरत थियो । त्यसका लागि उनले त्यस्ता ग्राहक खोजे, जो क्रिप्टोकरेन्सीको व्यापार गर्न चाहन्थे । श्याम आोफ्नो पैसा लगाउन तयार थिए । सायद मुस्किलको सुरुवात यहीँबाट भयो ।

नियन्त्रित शेयर बजारमा तपाईँ त्यहीँ पैसा लगाउन सक्नु हुन्छ, जसमा मानिसहरूले लगानी गरेका होउन् । तर यो क्रिप्टोकरेन्सी नियन्त्रित थिएन । र उक्त नियम यसमाथि लागू हुँदैन थियो ।

त्यसैले श्याम ब्याङ्कम्यान फ्रिडले ग्राहकको पैसा क्रिप्टोकरेन्सी  बजारमा लगाइदिए । बजारमा एफटीएक्स मात्र त्यस्तो मार्केट थिएन, बरु अन्य पनि कयौँ थिए ।

एफटीएक्सको सबैभन्दा ठूलो प्रतिद्वन्द्वी थियो, क्वाइनबेस । जसका कयौँ देशमा १० करोडभन्दा बढी ग्राहक थिए । एफटीएक्स कुनै नियन्त्रित शेयर बजारमा रजिस्टर्ड वा सूचीकृत थिएन ।

तर क्वाइनबेस न्युयोकर्कको न्यासडेक शेयर बजारमा लिस्टेड थियो । जसले गर्दा उसलाई शेयर बजारको नियमहरू पालना गर्नुपर्ने हुन्थ्यो । तर एफटीएक्समा त्यस्तो कुनै नियन्त्रण थिएन ।

अब यस्तो स्थितिमा जब परिस्थिति बिग्रिन्छ, निकै तीब्र गतिमा बिग्रिँदै जान्छ । एफटीएक्समाथि पनि यही भयो । फ्रेन्सी मेकना पेनसल्भानिया युनिभर्सिटीको प्रोफेसर हुन् ।

उनी भन्छिन्, "अचानक मानिसहरू आफ्नो पैसा झिक्नका लागि बैंकतर्फ भागे । तर वास्तवमा पैसा त थिएनन् । ग्राहकको पैसा यो ट्रेडिङ कम्पनी खडा गर्ने कार्यमा लगाइएको थियो । एफटीएक्सको कारोबार टोक्न तथा क्रिप्टो सम्पत्तिको थियो । जुन यो कुरामा निर्भर थियो कि मानिसहरू त्यसको मूल्यमा विश्वास गर्दथे । जब यो धारणा बदलियो, तब सबै भताभुङ्ग भयो ।"

जब एफटीक्सले स्वयम्‌लाई टाट पल्टिएको घोषणा गर्‍यो, तब थाहा भयो कि दश लाखभन्दा धेरै ग्राहकको अर्बौँ डलर त्यसमा लगाइएको थियो । र उनीहरूलाई आफ्नो पैसा फिर्ता पाउने कुनै तरिका बाँकी थिएन ।  
 

कसले प्रयोग गर्छन् क्रिप्टोकरेन्सी ?

डेभ बर्च डिजिटल वित्तीय सेवाहरूका विश्लेषक तथा सल्लाहकार हुन् । उनलाई एफटीएक्स धराशायी हुनु क्रिप्टोकरेन्सीको दुनियाँमा कति ठूलो विफलता तथा सङ्कट हो भनी बीबीसीले सोधेको थियो ।

"कुरा यो हो कि क्रिप्टोकरेन्सी स्वयम्‌मा कति ठूलो सङ्कट हो ? यसबाट आएका भूकम्पका धक्का अहिले पनि महसुस गरिन्छ । र अन्य व्यवस्थामा यसको कति असर पर्छ, त्यो पनि हेर्न बाँकी छ । यो क्रिप्टो सेलाउने क्रमको सुरुवातको सङ्केत पनि हुन सक्छ," उनी भन्छन् ।

डेभ भन्छन् कि एफटीएक्स धराशायी भएका कारण कयौँ लगानीकर्तालाई नोक्सानीको सामना गर्नु परिरहेको भए पनि तर यो रकम एक खर्ब डलरभन्दा कम छ । जुन विश्वको कूल व्यापारको निकै सानो हिस्सा हो र  दोस्रो व्यापारसँग क्रिप्टो बजारको सम्बन्ध नभए जत्तिकै छ ।

त्यसैले दुनियाँको आर्थिक बजारमा यसको खास असर पर्ने छैन । ब्राजिल, उरुग्वे, म्याक्सिको, कोलम्बिया र चिली जस्ता केही देश क्रिप्टोकरेन्सीलाई नियन्त्रित गरेर अर्थ व्यवस्थामा सामेल गर्ने प्रयास गरिरहेका छन् ।

यी देशले कयौँ नियन्त्रण लागू गरेका पनि छन् । तर त्यसले कठिनाइ उत्पन्न गरिरहेको छ । कतिपय जालसाझ यसलाई त्यसैले पनि रुचाउँछन्, किन कि यसलाई बिना कुनै नियन्त्रण वा निगरानी कसैलाई पनि दिन सकिन्छ ।

त्यो पनि बैङ्कहरूलाई सामेल नगराइकनै । त्यसैले यसको प्रयोग गर्ने धोखेबाज सरकारी संस्थाबाट दुई कदम अगाडि रहन्छन् ।

डेभ भन्छन्, "धेरैजसो मानिसहरू आफ्नो देशको मुद्रालाई त्यसकारण रुचाउँदैनन्, किन कि एक त त्यसमाथि नियन्त्रण हुने गर्छ वा त्यसको मूल्य घट्दै जान्छ । मेरो अनुभवको आधारमा धेरैजसो मानिसहरू डलर चाहन्छन् । न कि कुनै अनौठो किसिमको मुद्रा, जसलाई उनीहरू बुझ्न समेत सकिरहेका हुँदैनन् । १९ वर्षका कम्प्युटर प्रेमीको कुरा फरक हुन सक्छ । तर यदि आम मानिसहरूलाई डलर डिजिटल करेन्सीमा उपलब्ध हुन सक्यो भने उनीहरू अवश्य पनि यसलाई प्रयोग गर्न चाहने छन् ।"

त्यसैले लाग्छ कि क्रिप्टोकरेन्सी समाधान होइन । कतिपय देशका केन्द्रिय बैंक अब डिजिटल करेन्सी सुरु गर्ने विषयमा सोचिरहेका छन् । यानि त्यो पैसा जुन तपाईँको बैंकमा नभएर ल्यापटप वा मोबाइलमा हुनेछन् ।

कतिपय सरकारलाई राष्ट्रिय डिजिटल करेन्सीमा यसकारण पनि रुचि हुनसक्छ, किन कि यसको वितरणका लागि उसलाई बैंकहरूमा निर्भर हुनुपर्ने छैन । र यसमा सरकारको नियन्त्रण बढी हुनेछ ।

अमेरिकी तथा युरोपियन केन्द्रिय बैंक यसमाथि विचार गरिरहेका छन् । यसैबीच चीनले २३ सहरमा प्रयोगको रूपमा डिजिटल युआन जारी गरेको छ । यसबाट चीन सरकारलाई ज्यादा नियन्त्रण हासिल हुनेछ । अधिकारीहरूले सहजै यसको निगरानी गर्न सक्नेछन् ।

र गैरकानूनी तरिकाबाट देश बाहिर पैसा पठाउन वा कर छली मुस्किल हुनेछ । कोडिङको माध्यमबाट केन्द्रिय बैंक यो पनि नियन्त्रण गर्न सक्नेछन्, कि यी पैसाको प्रयोग कसरी भइरहेको छ । हालै मात्र भारत सरकारले पनि केही सीमित सहरका केही बैंकमार्फत डिजिटल रुपैयाँ जारी गरेको छ ।  

के नोट मुद्राको चरण समाप्त हुँदैछ ? 

ब्रेट स्कट मुद्रा वैज्ञानिक तथा 'क्लाउड मनी' पुस्तकका लेखक हुन् । उनी भन्छन् कि क्रिप्टोकरेन्सी र सरकारी नियन्त्रणलाई लिएर चिन्ताहरू छन् ।

तर जुन प्रकारले कार्ड भुक्तानी तथा बैंक इलेक्ट्रोनिक ट्रान्सफरको चलन बढेको छ, हाम्रो पैसालाई धेरै नोक्सान ती बैंकहरूबाट हुनसक्छ, जो यो सिस्टम चलाउँछन् ।

"पैसा मुख्य रूपमा दुई प्रकारका हुन्छन्, एक सरकारद्वारा जारी नोट वा क्रेडिट कार्ड र इलेक्ट्रोनिक मनी ट्रान्सफर, जुन एक प्रकारका डिजिटल पैसा नै हुन् । यस्तोमा बहसको वास्तविक मुद्दा क्रिप्टोकरेन्सी नभएर के ठूला बैंकहरू तथा वित्तीय प्रविधि सम्बन्धी कम्पनीहरू डिजिटल करेन्सीको माध्यमबाट मुद्राको वितरणको नियन्त्रण सरकारी नगद व्यवस्थाको साटो आफ्नो हातमा लिनेछन् ?"

स्कट क्याश व्यवस्थाको पक्षमा आवाज उठाउँछन् । उनी भन्छन् कि मिडियामा चाहे नगद मुद्राको दिन सकिएको भन्दै चर्चा भए पनि यसको प्रयोग जारी रहनेछ । "यो कहानी त ठूला कम्पनी, वेबसाइट, बैंक र प्रविधि कम्पनीको स्वार्थका लागि फैलाउन थालिएको छ ।

किन कि क्याशलेस (नगदरहित) समाज यिनै संस्थाको हितमा छ । तर यसमा कयौँ ठूला समस्याहरू छन् । वास्तविकता यो हो कि सरकारहरूलाई पनि थाहा छ कि पूरा रूपमा क्याशलेस समाजमा जहाँ मुद्रा वितरण निश्चित बैङ्क वा कम्पनीको हातमा आयो भने कयौँ समस्याहरू आउनेछन् ।

त्यसैले त्यो त्यति सहज छैन," उनी भन्छन् । मुद्रा वितरणमा एक व्यक्ति वा गुटको नियन्त्रण चिन्ताको विषय हो । डिजिटल सिस्टममा अर्को चिन्ताको विषय के छ भने यदि इन्टरनेट ठप्प भइदियो भने के होला ?

ब्रेट अगाडि भन्छन्, "एकदमै सही । अनलाइन पैसा निकै सहज लाग्न सक्छन् तर इन्टरनेट लगायतको सिस्टम बन्द भइदियो भने सारा कारोबार ठप्प हुनेछ ।

त्यसैले मानिसहरू नगदलाई ध्यानमा राख्छन् । सतही रूपमा नगद सुस्त प्रणाली लागे पनि सत्ता र शक्तिको सन्तुलनका लागि त्यो जरुरी पनि छ ।"  अब फर्किउँ उही अघिकै प्रश्नमाः के डिजिटल मुद्राले नगदको स्थान लिन सक्ला ?

टेलिफोनको बिल आधा गर्नुका अलावा कयौँ सेवाहरूको सहज भुक्तानीका लागि मानिसहरू डिजिटल मुद्रातर्फ आकर्षित भए । तर क्रिप्टोकरेन्सी कुनै आकर्षक विकल्प होइन, किन भने वस्तुको मूल्य क्रिप्टोकरेन्सीमा हुँदैन र यसको मूल्यमा भारी उतार चढाव आइरहन्छ ।

त्यो व्यापारिक लेनदेनका लागि प्रयोग हुन सक्छ । यस दौरान कयौँ सरकार डिजिटल करेन्सी लागू गर्नका लागि अगाडि बढिरहेका छन् । आउने केही वर्षमा मानिहरू बैंक बिना नै आफ्नो देशको डिजिटल करेन्सी मार्फत लेनदेन तथा ट्रान्सफर गर्न सक्ने छन् ।

त्यसको फाइदा यो हुनेछ कि यसको मूल्य सट्टेबाजको सोचमा नभइ उस देशको आर्थिक शाखमा निर्भर हुनेछ । साथै डिजिटल करेन्सीको कोडिङमार्फत सरकार यो कुराको जानकारी समेत पाउने छ कि मानिसहरू डिजिटल करेन्सीमार्फत के खरिद र बिक्री गर्छन्, कसको साथ कति लेनदेन गर्छन् ।

त्यसैले के डिजिटल करेन्सी नगदको स्थान लिन सक्छ भन्ने प्रश्नको जवाफमा भन्न सकिन्छ, 'हो लिन सक्छ' ।

तर एक सवाल यो पनि जरुर बन्नेछ कि सरकारी डिजिटल करेन्सीको प्रयोग गरेर हामी सरकारलाई थप कति नियन्त्रण सुम्पिनेछौँ ? यसबाट सरकारहरूले हाम्रा सबै गतिविधिहरूमाथि नजर राख्न सक्नेछन् । 

 

-द इन्क्वायरी र बीबीसीको सहयोगमा तयार पारिएको सामग्री

पछिल्लो अध्यावधिक: पुस ३०, २०७९ १६:४४