close

निधन भएपछि कसरी खोल्ने सम्बन्धित व्यक्तिको आईफोन ?

टेकपाना टेकपाना

माघ १, २०७९ ११:१९

निधन भएपछि कसरी खोल्ने सम्बन्धित व्यक्तिको आईफोन ?

काठमाडौं । गोपनीयताका हिसाबले आईफोनलाई सुरक्षित फोन मानिन्छ । यतिसम्म कि प्रयोगकर्ता आफैंले पनि फोनको पासकोड बिर्सियो भने खोल्न सकस पर्छ ।

यदि आईफोन प्रयोगकर्ताकाे निधन भएमा उसको फोनमा एक्सेस (पहुँच) पाउन धेरै आवश्यक पर्छ । किनभने उसले फोनमा राखेका विभिन्न डेटा परिवारका लागि महत्त्वपूर्ण हुन्छ । आज हामी प्रयोगकर्ताकाे मृत्युपछि उसको आईफोनमा कसरी एक्सेस पाउन सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौँ ।

पासकोड बिनै आईफोन, आईप्याड वा म्याक कसरी खोल्ने ?

यदि आईफोन प्रयोगकर्ताले डेटा आईक्लाउडमा ब्याकअप गरेर राखेको छ भने यो तरिका काम लाग्न सक्छ । कतिपय अवस्थामा आईफोन प्रयोगकर्ताले अटोम्याटिक ब्याकअफ अन गरेको हुन्छ ।

यदि तपाईँलाई उक्त व्यक्तिको डिभाइसको पासकोड थाहा छैन भने कुनै अन्य डिभाइसमा आईक्लाउड लगइन भएको हुनसक्छ । आईक्लाउडमा ईमेल प्रयोग भएको हुन्छ ।

यदि उक्त व्यक्ति (मृतक)ले कतै आइक्लाउडको पासवर्ड राखेको छ वा उसले बारम्बार प्रयोग गरिरहने कुनै पासवर्ड छ भने त्यस्तो पासवर्ड प्रयोग गर्नुहोस् । यदि तपाईँले आईक्लाउडमा एक्सेस पाउनुभयो भने उक्त प्रयोगकर्ताको डेटा तथा फोटोमा एक्सेस पाउन सक्नुहुन्छ ।

आईक्लाउडमा एक्सेस पाउनका लागि तलको प्रक्रिया अपनाउनुहोस्

- सबैभन्दा पहिले अन्य डिभाइसको ब्राउजरमा आईक्लाउड डटकम सर्च गर्नुहोस् ।

- त्यसपछि उक्त व्यक्तिको ईमेल प्रयोग गरेर लगइन गर्नुहोस् ।

- यदि तपाईँ सफलतापूर्वक लगइन गर्न सक्षम हुनुभयो भने उक्त व्यक्तिको मेल, कन्ट्याक्ट, क्यालेन्डर, फोटोज, क्लाउड ड्राइभ, नोट्स, रिमाइन्डर लगायत अन्य एपमा एक्सेस पाउन सक्नुहुन्छ । त्यस्ता एप्लिकेसनमा सो व्यक्तिले आफ्नो पासकोड राखेको हुनसक्छ ।

यदि सो व्यक्तिको एप्पल आईडीमा एक्सेस पाउनुभएन, तर ईमेलमा एक्सेस पाउनु भएको छ भने त्यहाँबाट नत्र अन्य डिभाइसमा भएको अटो-सेभ्डमा लगइन डिटेल हुनसक्छ ।

आईक्लाउड लगइन बिना कसरी एक्सेस पाउन सकिन्छ होला ?

माथि उल्लेख गरिएका कुनै पनि विधिले काम गरेन भने एप्पललाई एक्सेस पाउन अनुरोध गर्न सक्नुहुन्छ । वा, नजिकको एप्पल स्टोरमा गएर अथवा एप्पल सपोर्टमा सम्पर्क गरेर सहयोग लिन सक्नुहुन्छ ।

मृत्यु हुने व्यक्तिले कतिपय अवस्थामा आफ्ना नजिकका मान्छेलाई पहिल्यै पासवर्डको जानकारी दिएको हुनसक्छ । उनीहरूसँग सम्पर्क गरेर पनि एक्सेस लिन सकिन्छ ।

यदि सो व्यक्तिले कसैलाई लिगेसी कन्ट्याक्टमा एड गरेको छ भने पनि एक्सेस पाउन सकिन्छ । कुनै व्यक्तिले आफ्नो मृत्युपछि आफ्नो डिजिटल सम्पत्तिमा कसलाई एक्सेस दिने भनेर लिगेसी कन्ट्याक्टमा नाम समावेश राखेको हुन्छ । लिगेसी कन्ट्याक्टमा राखिएको व्यक्तिले आईफोन एक्सेस पाउन सहज हुन्छ ।

पछिल्लो अध्यावधिक: माघ १, २०७९ ११:३८