close

विमान दुर्घटनाबारे जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर

टेकपाना टेकपाना

माघ १, २०७९ १५:११

विमान दुर्घटनाबारे जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर

काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर स्थापना गर्ने भएको छ ।

आइतबार पोखरामा भएको यती एयरलाइन्सको ९एन–एएनसी विमान दुर्घटनामा परेका परिवार, आफन्त तथा अन्य सरोकारवालाले जानकारी लिन सक्ने गरी विमानस्थलमा कल सेन्टर स्थापना गर्न लागेको उपप्रधात तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । 

७२ जना सवार विमान दुर्घटना भएपछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको नेतृत्वमा पाँच सदस्यी जाँचबुझ आयोग पनि गठन गरेकाे छ । 

साथै आगामी दिनमा दुर्घटना हुन नदिन आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न वायु सेवा कम्पनीहरूलाई निर्देशन दिएको छ । साथै त्यसको अनुगमनको जिम्मेवारी नागरिक उड्डयन प्राधिकरणलाई दिइएकाे छ ।

पछिल्लो अध्यावधिक: माघ १, २०७९ १६:१५