close

सामसङ ग्यालेक्सी एस२३ किन्ने कि एस२२ मै चित्त बुझाउने ?

टेकपाना टेकपाना

माघ १, २०७९ १६:६

सामसङ ग्यालेक्सी एस२३ किन्ने कि एस२२ मै चित्त बुझाउने ?

काठमाडौं । सामसङले आफ्नाे नयाँ फ्लयागशिप फोन सामसङ एस२३ यही माघ १८ गते अर्थात् फेब्रुअरी १ मा सार्वजनिक गर्ने भएको छ । फोन सार्वजनिक हुन दुई साता बाँकी भएपनि यसका विभिन्न विवरण बाहिरिएका छन् ।

आज हामी सामसङ एस२२ भन्दा एस२३ मा के-कस्ता भिन्नता छन् भन्ने विषयमा जानकारी दिँदैछौं । सामसङ ग्यालेक्सी एस२२ अल्ट्राको तुलनामा एस२३ अल्ट्राको चौडाइ केही बढी छ ।

एस२३ मा पावर बटन ठूलो बनाएर केही तल सारिएको लिक भएका विवरणमा उल्लेख छ । त्यस्तै एस२२ अल्ट्राको तुलनामा एस२३ अल्ट्राको क्यामेरा केही ठूलो र फराकिलो भएको देख्न सकिन्छ ।

अर्काेतर्फ एस२२ अल्ट्राको तुलनामा एस२३ अल्ट्रा स्लिम प्रोफाइल र सानो बेजल्स अर्थात् स्क्रिन स्पेससहित आउनेछ । अर्थात् एस२३ अल्ट्रामा माथि २.७ एमएम खाली स्पेस छ, दायाँ र बायाँपट्टि २.२ एमएम खाली स्पेस छ ।

एस२३ अल्ट्रामा २०० मेगापिक्सेलको मुख्य क्यामेरा रहने बताइएको छ, जसलाई सामसङ आफैंले तयार पारको हो । त्यस्तै यसमा प्रयोग हुने अल्ट्रावाइड क्यामेरा १२ मेगापिक्सेलको हुनेछ । यसैगरी यसमा तीन गुणासम्म जुम क्षमता भएको १० मेगापिक्सेल टेलिफोटो सेन्सर रहनेछ ।

यसैगरी १० गुणासम्म पेरिस्कोप जुम क्षमता भएको अर्को १० मेगापिक्सेलको सेन्सर रहको विभिन्न रिपोर्टमा उल्लेख छ ।

बाँकी ग्यालेक्सी एस२३ प्लस र ग्यालेक्सी एस२३ मा भने टेलिफोटो क्यामेरा सेन्सर नहुने बताइएको छ । यी दुवै फोनमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा र १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा रहने छ । 

त्यस्तै डिजिटमा आएको जानकारीलाई आधार बनाउने हो भने सामसङ ग्यालेक्सी एस२३ सिरिजमा १२० हर्ज रिफ्रेश रेट भएको ६.१ इन्चको सुपर एमोलेड डिस्प्ले रहनेछ । केहीले यसमा भएको सेल्फी क्यामेरालाई पनि अपग्रेड गरिएको जानकारी दिएका छन् ।

बाहिरिएका जानकारीलाई आधार बनाई एस२३ प्लसलाई एस२२ प्लससँग तुलना गर्ने हो भने यो एस२२ प्लसको तुलनामा ०.३ एमएम ठूलो (लम्बाई) रहने छ ।

त्यस्तै ग्यालेक्सी एस२३ र ग्यालेक्सी एस२३ प्लसको स्क्रिन साइज बराबर हुनेछ । यसैगरी फोनमा ३,९०० एमएएचको ब्याट्री समावेश हुनेछ, जसमा २५ वाट चार्जर र १५ वाट वायरलेस चार्जर उपलब्ध हुनेछ ।

८ जीबीदेखि १६ जीबी र्‍याममा उपलब्ध हुने यो फोन १२८ जीबी, २५६ जीबी र ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध हुने अनुमान गरिएको छ । बाहिरिएका केही जानकारी अनुसार सामसङ एस२३ लाइनअपमा स्याटलाइट फिचर पनि समावेश हुनेछ ।

पछिल्लो अध्यावधिक: माघ १, २०७९ १६:२१