close

मोबाइल व्यवसायी सञ्जय अग्रवाल दक्षिण एसियाका उत्कृष्ट १० बिजनेस लिडरको सूचीमा

टेकपाना टेकपाना

माघ २, २०७९ १२:४९

मोबाइल व्यवसायी सञ्जय अग्रवाल दक्षिण एसियाका उत्कृष्ट १० बिजनेस लिडरको सूचीमा

काठमाडौं । मोबाइल फोन आयातकर्ता संघ (एमपीआईए)का उपाध्यक्ष तथा रमेश कर्पोरेसनका कार्यकारी निर्देशक सञ्जय अग्रवाल दक्षिण एसियाका उत्कृष्ट १० बिजनेस लिडरको सूचीमा पर्न सफल भएका छन् ।​सीईओ इनसाइट एसियाले आयोजना गरेको ‘दक्षिण एसियाका उत्कृष्ट १० बिजनेस लिडर्स–२०२२’ मा नेपालका अग्रवाल याे सूचीमा परेका हुन् ।

सीईओ इनसाइट एसियाले दक्षिण एसियाली राष्ट्रहरुमा कर्पोरेट क्षेत्रलाई भविष्यमा बहुआयामिक दिशातर्फ डाेर्‍याउने उत्कृष्ट व्यवसायी एवं नेतृत्वलाई सम्मान गर्दै आएको छ । अग्रवालले कलर्स, स्पाइस, एचटीसी, ब्ल्याकबेरी, जिओनी, साओमी लगायतका मोबाइल ब्राण्ड भित्र्याएर त्यसको बजार विस्तारमा भूमिका निर्वाह गरेका थिए ।

साथै उनले नेपालको मोबाइल क्षेत्रको विकासका लागि नीति निर्माणका लागि आवश्यक पहल समेत गर्दै आएका छन् । नेपालका विभिन्न उद्योग, विशेषगरी मोबाइल, कन्ज्युमर ड्युरेबल र प्रविधिमा गरेको योगदानको कदर गर्दै यो अवार्ड प्रदान गरिएको उल्लेख छ ।

पछिल्लो अध्यावधिक: माघ २, २०७९ १३:६