close

स्मार्टफोनमा चीनमै बनेको चिप प्रयोग गर्नुपर्ने नीति ल्याउँदै चिनियाँ सरकार

टेकपाना टेकपाना

माघ ३, २०७९ ९:२६

स्मार्टफोनमा चीनमै बनेको चिप प्रयोग गर्नुपर्ने नीति ल्याउँदै चिनियाँ सरकार

काठमाडौं । चीन विरुद्ध अमेरिकाको पछिल्लो कारबाहीले अहिले चिनियाँ सरकारलाई यस विषयमा थप सोच्न बाध्य बनाएको छ । अहिलेको बढ्दो स्मार्टफोनको बजारमा आफ्नै केही नयाँ उत्पादन र अध्ययन हुन पनि निकै नै जरुरी छ । यसमा चीन सरकारलाई ह्वावेले सघाउँदै आएको छ । 

हाल, विश्वव्यापी रूपमा लोकप्रिय मोबाइल चिप ब्रान्डहरूमा क्वालकम र मिडियाटेक रहेका छन् । यी कम्पनीहरूले व्यापक रूपमा अमेरिकी प्रविधि प्रयोग गर्छन् तर यस्ता केही चिपहरू पनि बजारमा छन् जुन पूर्ण रुपमा चिनियाँ छन् । 

अर्थात् चिनियाँ प्रविधि प्रयोग गरेर चीनमा उत्पादन भएका चिपहरू पनि बजारमा देखिन सुरु भएका छन् । हालै, मिन्जियाङ विश्वविद्यालयका मिन्डु स्कॉलर्सका प्रतिष्ठित प्रोफेसर काओ हाइटाओले एक अन्तर्वार्तामा भनेका छन् कि
चीनमा बिक्री हुने स्मार्टफोनमध्ये ३० प्रतिशतमा चिनियाँ चिप प्रयोग गरिनुपर्छ। 

यदि यसो नगरेमा अथवा चिनियाँ बाहेक अन्य चिप प्रयोग गरेमा ४०० प्रतिशत भन्दा बढी कर लगाइनुपर्ने उनको सुझाव छ । काओ हाइटाओले यसको उद्देश्य चिनियाँ बजारलाई विस्तार गर्नु बताएका छन्  ।  

उनका अनुसार जब बजार हुन्छ, त्यहाँ आम्दानी हुन्छ, र जब आम्दानी हुन्छ, त्यहाँ अनुसन्धान र विकासमा लगानी हुन्छ । आफ्नो बजार आफैले बनाउन नसकेको खण्डमा सो देशमाथि सधैं अरूको नियन्त्रण हुने उनको भनाइ छ ।  
चीनका विज्ञहरूका अनुसार टीएसएमसी ताइवानको सेमिकन्डक्टर उद्योगमा सबैभन्दा अग्रपङ्क्तिमा छ । तर यसको उच्च मूल्याङ्कन समस्याको रुपमा रहेको छ । 

चिनियाँ तथ्याङ्कहरूका अनुसार टीएसएमसीका ८० प्रतिशत शेयरधनीहरू विदेशी छन्, र केवल २० प्रतिशत ताइवानबासी छन्। अर्को शब्दमा भन्नुपर्दा, उद्योगले कमाएको पैसाको ८० प्रतिशत विदेशीले लिन्छ।

यो विषयले धेरै बहस पनि गराएको छ। सबैको बुझाइ पनि फरक फरक छ । केहीले चिनियाँ चिप मात्र प्रयोग गर्ने नीतिलाई लागू गर्नुपर्ने विचार राख्छन् भने धेरैले विश्वास गर्छन् कि चिनियाँ सरकारले चिनियाँ चिप्सको प्रयोगलाई मात्र स्वीकार गर्छ भने, चिनियाँ स्मार्टफोनको बजार खराब हुनेछ । 

पछिल्लो अध्यावधिक: माघ ३, २०७९ ९:२६