close

टिभी अपरेटर बन्ने तयारीमा युट्युब

टेकपाना टेकपाना

माघ ३, २०७९ १०:२६

टिभी अपरेटर बन्ने तयारीमा युट्युब

काठमाडौं । टेलिभिजनमा प्रसारण हुने धेरैजसो सामग्रीहरू प्रसारण भएको केही घण्टापछि अथवा केही दिनपछि नै युट्युबमा हेर्न पाइन्छ । यद्यपि सबै सामग्री भने हेर्न पाइँदैन ।

केही सञ्चालकहरूले आफ्नो कार्यक्रमहरू युट्यबमा प्रसारण गर्ने गर्दैनन् । तर युट्युबमा नै टिभीमा जस्तै केबल अपरेटरले टिभी च्यानलको सेवा उपलब्ध गरायो भने कस्तो होला ? अहिले कम्पनीले यही विषयमा काम गरिरहेको छ ।

द वाल स्ट्रिट जर्नलमा प्रकाशित एक लेखका अनुसार युट्युबले केबल सञ्चालक कम्पनीहरूसँग मिलेर टिभीको जस्तै सेवा प्रवाह गर्नको लागि आन्तरिक तयारी गरिरहेको छ । हाल कम्पनीले केही मिडिया पार्टनरसँग मिलेर यो सेवाको लागि काम गरिरहेको छ ।

यदि यस्तो भएमा प्रयोगकर्ताहरूले निशुल्क रुपमा आफ्नो युट्युबमा नै टिभी च्यानलहरू हेर्न पाउनेछन् । यो फिचर २०२३ को अन्त्यसम्ममा सार्वजनिक गर्ने गरि तयारी भइरहेको जनाइएको छ । हाललाई केही थोरै संख्यामा प्रयोगकर्ताहरूलाई यो सेवा परीक्षण प्रयोगको लागि उपलब्ध गराइएको जानकारी पनि बाहिरिएको छ ।

योभन्दा अगाडि नै युट्युबले सशुल्क रुपमा हेर्न पाइने गरी ३० ओटा स्ट्रिमिङ सेवाहरूको सुरुवात गरिसकेको छ । 

 

पछिल्लो अध्यावधिक: माघ ३, २०७९ १०:२६