close

बुटवल-भैरहवामा नेक्सन ईभी रेन्ज टेस्ट गर्दा अधिकतम ३९७ किमि !

टेकपाना टेकपाना

माघ ३, २०७९ १३:२०

बुटवल-भैरहवामा नेक्सन ईभी रेन्ज टेस्ट गर्दा अधिकतम ३९७ किमि !

काठमाडौं । बुटवल-भैरहवामा विद्युतीय गाडी नेक्सन ईभीको रेन्ज टेस्ट गरिएको छ । नेपालका लागि टाटा मोटर्सको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रालिको आयोजनामा गरिएकाे टेस्टमा अधिकतम ३९७ किमीसम्मकाे रेन्ज निक्लेकाे छ ।

नेक्सन ईभी चालक सुवास खड्काले साे रेन्ज निकालेका थिए । त्यस्तै ३८७ किमि रेन्ज निकालेर गोपाल शर्मा दोस्रो भए भने ३७८ किमि रेन्ज निकालेर सुबाेध भट्टराई तेस्रो भए । कार्यक्रममा सहभागीमध्ये २२ जनाले ३०० किमि रेन्जभन्दा बढी निकालेका थिए ।

यसै कार्यक्रममार्फत उत्कृष्ट तरिकाले ईभी चलाई अधिकतम रेन्जका आधारमा विद्युतीय इन्धन खपत गर्नसक्ने उत्कृष्ट सहभागीलाई श्रेष्ठताको आधारमा वर्गीकरण गरी कम्पनीको तर्फबाट विभिन्न पुरस्कार एवम् प्रशंसापत्र प्रदान गरिएको थियो ।

प्रथम स्थान प्राप्त गर्न सफल सुवास खड्काले सम्मान पदक र प्रमाणपत्रका साथ सामसङ स्मार्ट एलईडी टिभी जिते । दाेस्रो स्थानमा रहेका गोपाल शर्माले सामसङ ओभन जिते भने तेस्राे भएका सुबाेध भट्टराईले एयर फ्रायर जितेका छन् ।

​गत शनिबार सिप्रदी ट्रेडिङ पथरडाँडाबाट उद्घाटन गरिएको कार्यक्रम भैरहवास्थित बुद्ध चोक, देवकोटा चोक, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बुटवल बजार परिक्रमा गरी सिद्धार्थ कटेजमा पुगेर समापन गरिएको थियो ।

कार्यक्रममा ४० भन्दा बढी नेक्सन ईभीको सहभागिता रहेकाे थियाे ।

पछिल्लो अध्यावधिक: माघ ३, २०७९ १३:३३