close

आइएमई पेबाट मोबाइल रिचार्ज गर्दा ५ प्रतिशत क्याशब्याक पाइने

टेकपाना टेकपाना

माघ ३, २०७९ १७:२५

आइएमई पेबाट मोबाइल रिचार्ज गर्दा ५ प्रतिशत क्याशब्याक पाइने

काठमाडौं । आइएमई पे वालेटबाट मोबाइल टपअप गर्दा पाँच प्रतिशतसम्म क्याशब्याक पाइने भएकाे छ ।

कम्पनीले ल्याएकाे नयाँ अफरअन्तर्गत प्रयोगकर्ताले आइएमई पे एप दर्ता गरेको मोबाइल नम्बरमा मोबाइल ब्यालेन्स रिचार्ज गर्दा पाँच प्रतिशत क्याशब्याक र अन्य कुनै मोबाइल नम्बरमा मोबाइल ब्यालेन्स रिचार्ज गर्दा दुई प्रतिशत क्याशब्याक प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले यस अफरको नियम तथा शर्त स्वरुप हरेक प्रयोगकर्ताहरुले एक महिनाको समय अन्तरालमा मोबाइल नम्बरमा ब्यालेन्स रिचार्ज गर्दा अधिकतम रू. १०० क्याशब्याक प्राप्त गर्न सकिने जानकारी पनि दिएको छ ।

पछिल्लो अध्यावधिक: माघ ३, २०७९ १७:२५