close

टिकटकमा हेर्दाहेर्दै भिडिओ हेरायो ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

माघ ३, २०७९ १९:१०

टिकटकमा हेर्दाहेर्दै भिडिओ हेरायो ? यसो गर्नुहोस्

काठमाडाैं । के तपाईँले अनुभव गर्नु भएको छ, कहिलेकाहीँ टिकटकमा आफूले कुनै भिडिओ पूरा हेर्न नपाउँदै झुक्किएर रिफ्रेस हुन्छ, तपाईँलाई युजरनेम पनि याद भएको हुँदैन त्यसैले भिडिओ खोज्न मुस्किल पर्छ । यस्तो बेलामा के गर्ने त ?

टिकटकको वाच हिस्ट्री फिचरमार्फत तपाईँले साे भिडिओ पुनः हेर्न सक्नुहुन्छ ।

त्यसको लागि सबैभन्दा पहिले टिकटक खोल्नुहोस् ।

-अब तल रहेको आफ्नो Profile मा ट्याप गर्नुहोस्।

-यसपछि माथि दाँयापट्टिको तीनवटा धर्सोमा थिच्नुहोस्।

-अनि, Settings and Privacy मा ट्याप गर्नुहोस्।

-त्यसपछि Content and Display अन्तर्गतको Watch History मा ट्याप  गर्नुहोस् ।

-यहाँ  तपाईँले हेरेका भिडिओहरु क्रमश: देखिन्छन् ।

@techpana

TikTok मा हेर्दाहेर्दै भिडियो हरायो ? यसो गर्नुहोस् #techpana #techupdate #tiktok

♬ original sound - TechPana

पछिल्लो अध्यावधिक: माघ ३, २०७९ २०:६