close

मोबाइल तथा टेलिफोन सेवा अवरुद्ध भएपछि टेलिकमले माग्यो माफी

टेकपाना टेकपाना

माघ ४, २०७९ १७:१५

मोबाइल तथा टेलिफोन सेवा अवरुद्ध भएपछि टेलिकमले माग्यो माफी

कार्यक्रम । बुधबार मोबाइल तथा टेलिफोन सेवा अवरुद्ध हुँदा ग्राहकलाई परेको असुविधाप्रति नेपाल टेलिकमले माफी मागेको छ । कम्पनीका केही उपकरणमा प्राविधिक समस्या अपरान्ह १२ बजेदेखि केही समयसम्म मोबाइल तथा पीएसटीएन टेलिफोन सेवा अवरुद्ध भएकाे थियाे ।

कम्पनीका प्राविधिकले तत्कालै साे समस्या समधान गरेपछि छोटो अवधिमा पनि रोकिएका कलहरुको संख्यामा एक्कासी अत्यधिक वृद्धि हुन गई 'नेटवर्क कञ्जेसन' भएकाे कम्पनीले उल्लेख गरेकाे छ । यसका कारण केही समय कल आदान प्रदानमा समेत ग्राहकले असजिलोपन व्यहोर्नुपरेकाले ग्राहकमा पर्न गएको असुविधाप्रति कम्पनीले माफी मागेकाे हाे ।

''भविष्यमा यस्ता समस्या दोहोरिन नदिन कम्पनीले प्रणालीगत सुधार कार्य निरन्तर गरिरहने छ । सेवाग्राहीलाई अविच्छिन्न, निर्वाध गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह गर्न कम्पनी सदा प्रतिबद्ध रहेको छ । साथै मोबाइल, टेलिफोन तथा कम्पनीका अन्य सेवामा कुनै समस्या आएमा १४९८ र १९८ मा सम्पर्क गरी समाधानका लागि पहल गर्न पनि अनुराेध गरिन्छ,''  कम्पनीले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ ।

पछिल्लो अध्यावधिक: माघ ४, २०७९ १७:१५