close

बिग मार्टको नयाँ अफर, सामान खरिदमा क्यूआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट

टेकपाना टेकपाना

माघ ४, २०७९ २१:३०

बिग मार्टको नयाँ अफर, सामान खरिदमा क्यूआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट

काठमाडौं । बिग मार्टमा सामान खरिदमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा क्याशब्याक पाइने भएको छ । यस अफरअन्तर्गत ग्राहकले तरकारी तथा फलफूल खरिद गरी स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशत (अधिकतम रू. १५० सम्म) छुट प्राप्त गर्न सक्नेछन् ।

स्मार्ट क्यूआरमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले बिग मार्टको सम्पूर्ण शाखाहरूमा क्यूआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्ने बताइएकाे छ ।

यो अफर लागू हुने बैंक तथा वित्तीय संस्थामा एनआईसी एसिया बैंक, ग्लोबल स्मार्ट प्लस, आइएमई पे, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आई क्यास, क्यूपे तथा विभिन्न सहकारीका एप रहेका छन् ।

पछिल्लो अध्यावधिक: माघ ९, २०७९ १२:३७