काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो गोपनीयता सुरक्षित गर्न 'प्रोफाइल लक' फिचर उपयुक्त मानिन्छ । तर, फेसबुक प्रोफाइल लक फिचर नेपालमा भने आधिकारिक रुपमा उपलब्ध छैन ।
फेसबुकले यो फिचर केही सीमित देशमा मात्र उपलब्ध गराएको छ । अफगानिस्तान, इजिप्ट, भारत, इराक, म्यानमार, मोरोक्को, पाकिस्तान, साउदी अरेबिया, सुडान, टर्की, यूएई, युक्रेनजस्ता देशमा यो फिचर उपलब्ध छ ।
प्रयोगकर्ताको फेसबुक अकाउन्ट बढी जोखिम र संवेदनशील मानिने देशमा यो फिचर उपलब्ध गराएको कम्पनीले जनाएको छ ।
यसअघि फेसबुकका केही सेटिङहरू परिवर्तन गरेर वा भाषा परिवर्तन गरेर पनि उक्त फिचर फेसबुकमा लागू गर्न सकिन्थ्यो । तर, त्यसरी प्रोफाइल लक फिचरमा एक्सेस पाउँदा टार्गेट नगरिएका क्षेत्रका प्रयोगकर्ताले पनि सो फिचर प्रयोग गर्न थाले । त्यसपछि फेसबुकले त्यसरी भाषा परिवर्तन गरेर प्रोफाइल लक गर्न सकिने फिचर पनि बन्द गर्यो ।
त्यसबाहेक फेसबुककाे लक फिचर उपलब्ध नहुनुका अन्य विविध कारण हुनसक्छन् । यो फिचर परीक्षणकै चरणमा भएकाले फेसबुकले सबै क्षेत्रका प्रयोगकर्तालाई उपलब्ध नगराएको हुनसक्छ । सबैभन्दा पहिले प्रयोगकर्ताको डेटा संवेदनशील मानिने क्षेत्रमा मात्र उपलब्ध गराउनुको कारण यही हुन सक्छ ।
फेसबुकले आधिकारिक रूपमा प्रोफाइल लक गर्ने फिचर सबै क्षेत्रमा किन उपलब्ध नगराएको भन्नेबारे आधिकारिक कारण कही उल्लेख गरेको छैन ।
'प्रोफाइल लक'को विकल्प के हुन सक्छ ?
प्रोफाइल लक गर्नुको मुख्य फाइदा नै तपाईँसँग साथी नभएका व्यक्तिले तपाईँको कुनै पनि पोस्ट, फोटो वा अन्य जानकारी हेर्न नपाउनु हो । यदि तपाईँ आफ्नो डेटा, फोटो वा अन्य जानकारी जोकोहीले नदेखोस् भन्ने चाहनु हुन्छ भने प्राइभेसी फ्रेन्ड्समा राखेर पोस्ट गर्न सक्नुहुन्छ ।
फेसबुकमा आफ्नो गोपनीयता सुरक्षित राख्न यो प्रक्रिया अपनाउनुहोस् ।