close

१७ वर्षीय विद्यार्थीले पत्ता लगाए नयाँ ग्रह

टेकपाना टेकपाना

माघ ५, २०७९ १२:५१

१७ वर्षीय विद्यार्थीले पत्ता लगाए नयाँ ग्रह

काठमाडौं । १७ वर्षीय एक किशोरले नयाँ ग्रह पत्ता लगाएका छन् । अमेरिकास्थित न्यू योर्ककाे स्कार्सडेल हाई स्कुलमा अध्ययनरत 'उल्फ कुकियर' नामका ती किशाेरले हालै नयाँ ग्रह पत्ता लगाएका हुन् ।

आफ्नो स्कुल बिदाको समय पारी दुई महिनाका लागि उनी अन्तरिक्ष संस्था नासामा इन्टर्नशिपका लागि गएका थिए । इन्टर्नका रुपमा काम गरेको तीन दिनमै नयाँ ग्रह पत्ता उनी सफल भए । 

त्यहाँ उनको काम अन्तरिक्षमा सौर्य प्रणालीभन्दा बाहिर रहेका ग्रहहरू खोज्न सञ्चालन गरिएका भू-उपग्रहका तस्वीर हेर्नु थियो ।

‘दुई तारालाई घुम्ने ग्रहहरू अध्ययन गरिरहेकाे थिएँ’, उनले बीबीसीलाई भनेका छन्, ‘मैले ताराहरूको उज्यालोपनमा आएको परिवर्तन हेर्नुपर्थ्याे ।''

यही क्रममा उनले दुई ओटा ताराको उज्यालो छेकेको वस्तु देखे । त्यसलाई उनले आफ्नो पर्यवेक्षकलाई देखाए ।

‘हामीले ती ताराहरूको अन्य तथ्यांक हेर्‍यौं र अरुबेला पनि प्रकाश कम भएको पाइयो । त्यसपछि त्यो ग्रह हुनसक्छ भनी खोजी सुरु भयो,’ उनले भने ।

नभन्दै उक्त अनौठो वस्तु 'टीओआई १३३८ बी’ प्रकाश वर्ष टाढा रहेको ग्रह थियो । उनले यो ग्रह केही समयअघि नै पत्ता लगाएकाे भएपनि नासाले हालैमात्र यसलाई मान्यता दिएको छ ।

हाल 'उल्फ कुकियर' नासामा आफ्नो दुई महिनाको प्रशिक्षणको समय सकाएर न्यू योर्कस्थित विद्यालय फर्किसकेका छन् ।

यो ग्रहको नाम उनी आफैंले भने राखेका होइनन् । ग्रहको नाम ‘उल्फटोपिया’ राख्न सुझाव आएपनि  ‘टीओआई १३३८ बी’ ठीक भएको उनले बताएका छन् ।

उनले भनेका छन, ‘टीओआई १३३८ बी’ सामान्य ग्रह नभई दुई ओटा तारालाई परिक्रमा गर्ने ग्रह हो । त्यसैले त्यो ग्रहमा दुई पटक सूर्यास्त हुन्छ । यो ग्रह निकै तातो रहेको छ ।’

पछिल्लो अध्यावधिक: माघ ५, २०७९ १३:४