close

सीजी ग्रुपले सञ्चालन गरेको कलेज, जहाँ पढाइन्छ मलेसियन विश्वविद्यालयको आईटी कोर्ष

टेकपाना टेकपाना

माघ ६, २०७९ १८:१७

सीजी ग्रुपले सञ्चालन गरेको कलेज, जहाँ पढाइन्छ मलेसियन विश्वविद्यालयको आईटी कोर्ष

काठमाडाैं । ​सीजी इन्स्टिच्युड अफ म्यानेजमेन्ट (सीजीआईएम) काे स्थापना सन् २०१४ मा भएकाे हाे । चाैधरी ग्रुप (सीजी) हाेल्डिङ्सभित्र रहेकाे 'सीजी लर्निङ' अन्तर्गत याे कलेज सञ्चालन भइरहेकाे छ ।

सुरुवाती वर्षहरूमा स्नातकोत्तर तहकाे शैक्षिक कार्यक्रममात्र अध्यापन गराएकाे कलेजले सन् २०२१ देखि स्नातक तहमा सूचना प्रविधि (आईटी)का दुई काेर्ष सञ्चालन गरिरहेकाे छ ।

यसअन्तर्गत मलेसियास्थित ‘लिम्कोकिङ युनिभर्सिटी अफ क्रियटिभ टेक्नोलोजी’ (एलयूसीटी)बाट सम्बन्धन प्राप्त गरेर कलेजले बीआईटी विथ टेक्नोप्रेनरशिप (अनर्स) र बीएससी (अनर्स) इन इन्फर्मेसन टेक्नाेलाेजी शैक्षिक कार्यक्रम अध्यापन गराउँदै आएको छ ।

ब्याचलर अफ इन्फर्मेसन टेक्नाेलाेजी विथ टेक्नोप्रेनरशिप

१२३ क्रेडिट आवरकाे तीन वर्षे काेर्षमा आईटी र व्यवस्थापन विषय समेटिएकाे छ । यसकारण दुवै विषय पढ्न चाहने विद्यार्थीका लागि याे काेर्ष उपयुक्त हुने कलेजका आईटी शाखा प्रमुख निशान्त श्रेष्ठ बताउँछन् ।

यस काेर्षले विशेषत: जागिर गर्नेभन्दा पनि उद्यमशीलताकाे सोच भएकाे विद्यार्थी उत्पादन गर्छ । काेर्षकाे शुल्क करिब सात लाख रुपैयाँ निर्धारण गरिएकाे छ । यस कोर्षबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

ब्याचलर अफ साइन्स (अनर्स) इन इन्फर्मसन टेक्नाेलोजी

सूचना तथा प्रविधिकाे क्षेत्रलाई आवश्यक पर्ने जनशक्ति उत्पादनमा मद्दत गर्ने याे १२० क्रेडिट आवरकाे तीन वर्षे काेर्ष हाे ।

याे काेर्ष डेटावेस, नेटवर्किङ र सफ्टवेयरमा केन्द्रित छ । जसमार्फत कम्प्युटिङ र आईटीका समस्या समाधान गर्नसक्ने जनशक्ति तयार हुने आईटी शाखा प्रमुख श्रेष्ठ बताउँछन् ।

यस कोर्षकाे शुल्क करिब ७ लाख रुपैयाँ निर्धारण गरिएकाे छ । काेर्षबारे थप बुझ्न यहाँ क्लिक गर्नुहाेस् ।  

शब्द चित्रमा कलेज

कलेज नाम: सीजी इन्स्टिच्युड अफ म्यानेजमेन्ट (सीजीआईएम) 

सम्बन्धन: लिम्कोकिङ युनिभर्सिटी अफ क्रियटिभ टेक्नोलोजी, मलेसिया

सञ्चालक: सीजी लर्निङ (चाैधरी ग्रुप)

प्रिन्सिपल: प्रमाेद पराजुली

कार्यरत कर्मचारी संख्या: ३० जना

भर्ना: दुई इन्टेक (जनवरी र अगस्ट)​

वेबसाइट: cgim.edu.np

टेलिफाेन: ०१-४७९८१०१

ईमेल: [email protected]

ठेगाना: मिनभवन, काठमाडाैं














 

पछिल्लो अध्यावधिक: माघ १२, २०७९ १२:४४