close

युट्युबमा क्याप्सन राखिएका भिडिओबाट यसरी निकाल्नुहोस् टेक्स्ट

टेकपाना टेकपाना

माघ ६, २०७९ १९:२२

युट्युबमा क्याप्सन राखिएका भिडिओबाट यसरी निकाल्नुहोस् टेक्स्ट

काठमाडौं । अहिले युट्युबका अधिकांश भिडिओमा क्याप्सन देख्न सकिन्छ । अर्थात् कुनै पनि भिडिओमा के बोलिएको छ भन्ने कुरा टेक्स्टबाट थाहा पाउन सकिन्छ ।

आज हामी यसरी राखिएको टेक्स्ट वा क्याप्सन कसरी एकैपटक पाउन सकिन्छ भन्ने विषयमा जानकारी दिन्छौं ।

- सबैभन्दा पहिले आफूले क्याप्सन निकाल्नुपर्ने भिडिओको युट्युब लिङ्क कपी गर्नुहोस् ।

(यसका माध्यमबाट अङ्ग्रेजी भाषामा राखिएका क्याप्सन मात्र पाउन सकिन्छ )

- त्यसपछि यहाँ क्लिक गरेर भिडिओ ट्रान्सक्राइब गर्ने साइटमा जानुहोस् ।

- अनि, त्यहाँ भएको बक्समा उक्त लिङ्क पेस्ट गरेर गो’को अप्सनमा क्लिक गर्नुहोस् । 

- यति गरेपछि दायाँपट्टि उक्त भिडिओमा भएको सबै क्याप्सन टेक्स्टमा देखिन्छ, जसलाई कपी गरेर आफ्नो प्रयोजनका लागि प्रयोग गर्न सक्नुहुन्छ ।

युट्युबले कतिपय भिडिओको क्याप्सन आफै‌ंले तयार पारिदिन्छ भने केही क्रियटरले नै राख्नुपर्ने हुन्छ । यसरी टेक्स्ट राख्दा धेरै व्यक्तिलाई फाइदा हुन्छ ।

विशेषगरी भिडिओमा बोलिएको भाषा नबुझ्ने व्यक्तिले टेक्स्ट हेरेर के बोलिएको छ भन्ने बुझ्न सक्छन् । त्यस्तै कान कम सुन्ने समस्या भएका व्यक्तिले पनि भिडिओमा बोलिएको कुरा थाहा पाउन सक्छन् ।

विभिन्न सिरिजका भिडिओको क्याप्सन निकालेर त्यसलाई उपन्यास वा नाटक जस्तो बनाएर पढ्न पनि सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: माघ ६, २०७९ १९:२२