close

के होला सन्दीप लामिछानेले इन्स्टाग्राम र ट्वीटरममा राखेको बायोको अर्थ ?

टेकपाना टेकपाना

माघ ७, २०७९ ९:३०

के होला सन्दीप लामिछानेले इन्स्टाग्राम र ट्वीटरममा राखेको बायोको अर्थ ?

काठमाडौं । बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने गत साता २० लाख धराैटीमा रिहा भए । उनी हिरासतमा परेपछि उनका सामाजिक सञ्जालका अकाउन्ट निष्क्रिय थिए ।

रिहाइ भएको एक हप्तापछि अर्थात् शुक्रबार लामिछानेले आफ्नो ट्वीटर र इन्स्टाग्राम अकाउन्टको बायो अपडेट गरेका छन् । उनले बायोमा 'एन्ड द स्टोरी इन्ड्स हियर' अर्थात 'कथा यहीँ समाप्त हुन्छ’ लेखेका छन् ।

उनका समर्थक र आलोचकले यो वाक्यलाई भिन्नाभिन्नै तरिकाले बहस गरेका छन् । कतिपयले यसलाई सकारात्मक रूपमा पनि टिप्पणी गरेका छन् ।

फेसबुकमा यमप्रसाद कँडेल नाम भएका व्यक्ति लेख्छन्, "उनले आफू खेल्न पर्खिरहेको समय सकिएको संकेत गरेको हुनसक्छन् ।"

केही सञ्चारमाध्यमले लामिछाने क्लोज क्याम्पको ट्रेनिङमा सहभागी भएको फोटो पनि सार्वजनिक गरेका छन् ।

कतिपयले लामिछानेको उक्त बायोले उनी नेपालबाट अब नखेल्ने संकेत गरेको लख काटेका छन् ।

त्यस्तै केहीले सामाजिक सञ्जालमा लामिछानेले पारस खड्का, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरीलाई इन्स्टाग्रामबाट अनफलो गरेको उल्लेख गरेका छन् । यसको अर्थ लामिछानेले ती खेलाडीसँगको मित्रता सकिएको संकेत गरेको केहीको अनुमान छ ।

केही समर्थकले लामिछानेले सन्यास लिन लागेको आशंका समेत गरेका छन् । कतिपयले उनले ती जाहेरी दिने युवतीसँगको सम्बन्ध सकिएको भन्ने संकेत गरेका छन् ।

लामिछानेको ट्वीटर, इन्स्टा र फेसबुकमा गत सेप्टेम्बर ९ पछि अन्य कुनै पोस्ट भएको देखिँदैन । उनले एक्कासी बायो परिवर्तन गर्दा धेरैले आफ्नो अड्कल काटेका हुन् ।

 

 

 

 

पछिल्लो अध्यावधिक: माघ ७, २०७९ १०:४२