close

३६० डिग्री घुम्ने फोल्डेबल फोन ल्याउँदै सामसङ

टेकपाना टेकपाना

माघ ७, २०७९ १४:०

३६० डिग्री घुम्ने फोल्डेबल फोन ल्याउँदै सामसङ

काठमाडौं । सामसङले हालै नयाँ डिस्प्लेको प्रोटोटाइप सार्वजनिक गरेको छ, जुन ३६० डिग्रीमा घुम्नसक्छ । कम्पनीको स्क्रिन बनाउने सहायक कम्पनी 'सामसङ डिस्प्ले'ले डिस्प्लेको नयाँ प्रोटोटाइप सार्वजनिक गरेको हाे ।

'फ्लेक्स इन एन्ड आउट' नाम दिइएको यो डिस्प्ले ३६० डिग्री घुम्नसक्छ, अर्थात् यसलाई भित्र र बाहिर दुवैतर्फ फोल्ड गर्न सकिन्छ । साथै यो डिस्प्ले एक फरक डिजाइनका साथ आउनेछ, जसले फोन फोल्ड हुँदा देखिने क्रिजलाई कम गर्न मद्दत गर्नेछ ।

सामसङ डिस्प्लेले फोल्ड-इन-अल-डिरेक्सन डिजाइन दिएको 'फ्लेक्स इन एन्ड आउट' डिस्प्लेको प्रोटोटाइप सार्वजनिक भएको यो पहिलो पटक भने होइन । सन् २०२१ मा, दक्षिण कोरियाको इन्टरनेसनल मिटिङ फर इन्फर्मेशन डिस्प्ले (IMID) मा पनि कम्पनीले यो डिस्प्ले प्रदर्शनीमा राखेको थियो । 

यसपछि उक्त डिस्प्ले ग्यालेक्सी जेड फोल्ड फोरमा उपलब्ध हुने आशा गरिएको थियो, तर यसो हुन सकेन । यद्यपि ग्यालेक्सी जेड फोल्ड फाइभमा यो डिस्प्ले उपलब्ध हुने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: माघ ७, २०७९ १४:७