close

टिकटकमाथि प्रतिबन्ध लगाउने युरोपेली युनियनको चेतावनी

टेकपाना टेकपाना

माघ ७, २०७९ २०:२१

टिकटकमाथि प्रतिबन्ध लगाउने युरोपेली युनियनको चेतावनी

काठमाडौं । युरोपेली युनियन (ईयू)ले टिकटकलाई आफ्नो नियम पालना नगरे प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । ईयूले हालै लागू गरेको डिजिटल सर्भिस ऐन पालना गर्न टिकटकलाई निर्देशन दिएको हो । 

उक्त ऐनले केही सामग्री किन हटाइयो र कसरी विज्ञापनदाताहरूले प्रयोगकर्तालाई लक्षित गर्ने भन्नेबारे पारदर्शिता सिर्जना गर्ने लगायत सामाजिक सञ्जालका प्लेटफर्महरूमा पोस्ट हुने सामग्रीहरूको दायरा सुधार गर्ने लगायतका नियमलाई सम्बोधन गरेको छ ।

टिकटकले सेप्टेम्बर १ अगाडि नै उक्त नियम पालना गर्नपर्ने बताइएकाे छ । नयाँ नियमको उल्लंघन भएमा सामाजिक सञ्जालका प्लेटफर्महरूले उनीहरूको वार्षिक आम्दानीको छ प्रतिशतसम्म जरिवाना तिर्नुपर्ने तथा ईयू अन्तर्गतका देशहरूमा प्रतिबन्ध लाग्नसक्नेछ ।

 

पछिल्लो अध्यावधिक: माघ ७, २०७९ २०:२१