close

सोमबार सार्वजनिक हुदैँ ६००० एमएएच ब्याट्री सहितको अनरको सस्तो फोन

टेकपाना टेकपाना

माघ ८, २०७९ ९:९

सोमबार सार्वजनिक हुदैँ ६००० एमएएच ब्याट्री सहितको अनरको सस्तो फोन

काठमाडौं । चिनियाँ बजारमा दुई हप्ता अगाडि नै सार्वजनिक भएको अनरको नयाँ स्मार्टफोन 'अनर एक्स सेभेन ए' नेपाली बजारमा पनि सार्वजनिक हुने भएको छ । सस्तो र टिकाउ फोनको रुपमा कम्पनीले यो फोन सोमबार नेपाली बजारमा सार्वजनिक गर्दैछ । चिनियाँ बजारमा भने यो फोन जनवरी ४ मा सार्वजनिक भएको थियो । 

फोनमा ६.७५ इन्चको डिस्प्ले छ । Mediatek MT6765H Helio G37 चिपसेट भएको यो फोन नेपाली बजारमा ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ । फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा सहित ८ मेगापिक्सेलको सेल्फी क्यामेरा उपलब्ध छ । 

त्यस्तै फोनमा २२.५ वाटको वायर्ड चार्जर सहितको ६००० एमएएचको ब्याट्री राखिएको छ । यसले गर्दा यो फोन निकै टिकाउ हुने र दैनिक प्रयोगको लागि निकै उपयोगी हुने कम्पनीको दाबी छ । 

चिनियाँ बजारमा यो फोनको मूल्य १८५ डलर (करिब २४ हजार रुपैयाँ) तोकिएको छ । नेपाली बजारमा भने यसको मूल्य २५ हजार रुपैयाँ देखि साढे २५ हजार रुपैयाँसम्म पर्ने अनुमान गर्न सकिन्छ ।     

पछिल्लो अध्यावधिक: माघ ८, २०७९ ९:१३