close

अस्ट्रेलिया जान चाहनेलाई अनलाइनमै आईटीको तालिम, नेपालमै बस्नेले पनि भाग लिन पाउने

टेकपाना टेकपाना

माघ ८, २०७९ १८:१७

अस्ट्रेलिया जान चाहनेलाई अनलाइनमै आईटीको तालिम, नेपालमै बस्नेले पनि भाग लिन पाउने

काठमाडौँ । प्रवाशी नेपालीले अस्ट्रेलियामा सञ्चालन गर्दै आएको डेन्टेड कोड एकेडेमीले नेपालमा पनि विभिन्न बुटक्याम्क आयोजना गर्ने भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै एकेडेमीले औपचारिक रूपमा उक्त सेवा सार्वजनिक गरेको हो ।

बुटक्याम्पमा छ महिनाको फुल-स्ट्याक डेभलपमेन्ट र करिब तीन महिनाको वेब डेभलपमेन्ट ट्रेनिङ दिने कम्पनीको भनाई छ । नेपालबाट अध्ययनको सिलसिलामा अस्ट्रेलिया जाने विद्यार्थीलाई लक्षित गर्दै यो बुटक्याम्प सञ्चालन हुनेछ ।

साथै यो बुटक्याम्प नेपालमै रहेर विभिन्न आईटी कम्पनीमा काम गर्न चाहनेहरूका लागि समेत उपयोगी हुने कम्पनीका सीईओ प्रेम आचार्यले बताए ।

"विभिन्न सपना र उत्साह बोकेर अस्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीले सुरुवातदेखि नै अनेक समस्याको सामना गरिरहेका हुन्छन्," उनले आफ्नो भोगाई सुनाउँदै भने, "अब अध्ययनका लागि अस्ट्रेलिया जाने विद्यार्थीलाई त्यहाँको आईटी क्षेत्रमा रोजगारी दिलाउने उद्देश्यले यो बुटक्याम सञ्चालनमा ल्याएका हौँ ।"

डेन्टेड कोड एकेडेमीमार्फत दिइने यस्ता तालिमले अस्ट्रेलिया गएर छोटो समयमा आकर्षक कमाई गर्न सकिने आचार्यको दाबी छ ।

"आईटीबाट ग्र्याजुएट भएका वा अन्य सङ्कायबाट ग्र्याजुएट भए पनि यही क्षेत्रमा भविष्य बनाउन चाहनेहरूका लागि यो तालिम उपयुक्त हुनेछ," आचार्यले भने, "सफ्टवेयर डेभलपर वा वेब डेभलपर बन्न चाहने जोसुकै नेपालीलाई उपयुक्त हुने गरी तालिम डिजाइन गरेका छौँ ।"

हप्तामा दुई दिन दैनिक ७ देखि ८ घण्टा २४ हप्तासम्म चल्ने बुटक्याम्प विभिन्न सात चरणमा सम्पन्न हुनेछ । जसमा पहिलो चरणमा वेब डेभलपमेन्टको आधारभूत पक्ष जस्तै वेब डेभलपमेन्टका लागि सिस्टम सेटअप, भीएसकोड, एचटीएमएल, सीएसएस र जाभाको इतिहासबारे सिकाइनेछ ।

त्यसपछि दोस्रो चरणमा फ्रन्ट-इन्ड डेभलपमेन्ट बारे पढाइनेछ । जहाँ एचटीएमएल, सीएसएस र जाभास्क्रिप्टको विस्तृत सिकाइ, वर्कफ्लो र प्रोजेक्ट मेनेजमेन्ट, पोर्टफोलियो निर्माण, र अन्त्यमा गिटहब, एचटीएमएल, सीएसएस, जाभास्क्रिप्ट, रियाक्ट बुटस्ट्राप सिकाइने कम्पनीले बताएको छ ।

त्यसपछि तेस्रो चरणको शिक्षण सुरु हुन्छ । जहाँ ब्याक-इन्ड डेभलपमेन्टको काम हुन्छ । त्यस्तै अन्तिम चरणमा एड्भान्स फ्रन्ट-इन्ड डेभलपमेन्टबारे अध्यापन गराइने कम्पनीले जनाएको छ ।

उक्त चरणमा क्लाइन्ट साइड भ्यालिडेसन, एपीआई इन्ट्रिगेसन, पेमेन्ट इन्ट्रिगेसन, युनिट टेस्टिङ जस्ता विषय रहने छन् । पाँचौ चरणमा एड्भान्स लेभलको प्रोग्रामिङ कोडबारे सिकाइनेछ ।  त्यसैगरी छैटौँ चरणमा पुग्दासम्म विद्यार्थी आफ्नो सिकाइ देखाउन सक्षम हुनेछन् भने सातौँ चरणमा रोजगार पाउन योग्य हुने कम्पनीको दाबी छ ।

 यो बुटक्याम्पमा कम्पनीले ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । मासिक, वार्षिक र लाइफ टाइम गरी तीन समयावधिका यी कोर्ष रोजेर लिन सकिन्छ ।

अनलाइनबाट सञ्चालन हुने यो तालिममा जुनसुकै ठाउँबाट जुनसुकै उमेर समूहका मानिस सहभागी हुन सक्नेछन् । कोर्षमा पहुँच पाउन ५० प्रतिशत छुट सहित मासिक ४९.५ डलर (करिब छ हजार ४१० रुपैयाँ), वार्षिक ४९९.५ डलर (करिब ६४ हजार ६८५ रुपैयाँ) र लाइफटाइम सपोर्टका लागि एक हजार २४९.५ डलर (करिब एक लाख ६१ हजार ८१० रुपैयाँ) तिर्नुपर्ने हुन्छ । 

कोर्ष खरिद गर्दा प्रोमो कोड 'START" प्रयोग गर्नुपर्ने हुन्छ । यो तालिम लिएपछि वार्षिक ७० हजार अस्ट्रेलियन डलरसम्म आम्दानी गर्न सकिने आचार्यले बताए । त्यस्तै यही तालिम सिकेका केही विद्यार्थीले वार्षिक एक लाख डलर बढी आम्दानी गरेको उनी सुनाउँछन् ।

त्यसबाहेक पनि यो कोर्ष अध्ययन गरेर नेपालबाट समेत राम्रो आम्दानी गर्न सकिने डेन्टेड कोडका इन्जिनियर मदनमणि अधिकारीले बताए । "यो क्षेत्रमा प्रमाणपत्र भन्दा पनि सीप महत्त्वपूर्ण हुन्छ," उनी भन्छन्, "सीप जानेको मान्छेले नेपालबाटै पनि फ्रिल्यान्सरका रूपमा राम्रो आम्दानी गर्न सक्छ ।”

डेन्टेड कोडबाट फुल स्ट्याक डेभलपमेन्ट वा वेब डेभलपमेन्टको तालिममा रेकर्डेड क्लासको रूपमा उपलब्ध गराइने आचार्यले बताए । क्लास लाइभ भइरहँदा मेन्टरहरू हुने भएकाले विद्यार्थीले आवश्यक गाइडलाइन्स पाउने छन् । कोर्सबारे थप जानकारी लिन यहाँ क्लिक गर्न र शुल्कबारे जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।

डेन्टेड कोड एकेडेमी नेपाली युवाहरूले अस्ट्रेलियामा सञ्चालन गरिरहेको आईटी ट्रेनिङ इन्स्टिच्युट हो । अस्ट्रेलियाको स्थानीय बजार लक्षित तालिम तथा बुटक्याम्प आयोजना गर्दै आएको यही कम्पनीले नेपालमा समेत आफ्नो सेवा विस्तार गरेको छ ।

 

 

पछिल्लो अध्यावधिक: माघ १०, २०७९ १५:१