close

पृथ्वीबाट ९ अर्ब प्रकाश वर्ष टाढाको रेडियो सिग्नल रेकर्ड गर्न सफल भए भारतका वैज्ञानिक

टेकपाना टेकपाना

माघ ८, २०७९ १९:३२

पृथ्वीबाट ९ अर्ब प्रकाश वर्ष टाढाको रेडियो सिग्नल रेकर्ड गर्न सफल भए भारतका वैज्ञानिक

काठमाडौं । पृथ्वीभन्दा नौ अर्ब प्रकाश वर्ष टाढाबाट आएको एक रेडियो सिग्नल कैद (रेकर्ड) गरिएको छ । छिमेकी देश भारतमा भएको मेट्रोवेभ रेडियो टेलिस्कोपले रेकर्ड गरेको सो सिग्नललाई ‘हाइड्रोजन लाइन’ वा ‘२१ सेन्टिमिटर लाइन’ ले समेत चिनिन्छ । 

यस प्रकारका रेडियो सिग्नल विशेष गरेर तटस्थ हाइड्रोजन परमाणुबाट उत्सर्जित हुने गरेका छन् । अनुसन्धानकर्मीहरूका अनुसार सो रेडियो सिग्नल ‘बन्दै गरेको तारामण्डल’ (SDSSJ0826+5630) बाट आएको कुरा फक्स न्युजले उल्लेख गरेको छ ।

त्यस्तै सो रेडियो सिग्नल हामी रहेको आकाशगङ्गा तारामण्डलको उमेर ४.९ अर्ब वर्ष हुँदा आएको र हाल उक्त आकाशगङ्गा करिब १३.८ अर्ब वर्ष पुरानो भइसकेको छ । साथै केही वैज्ञानिकहरूले सो रेडियो सिग्नल भएपछि तारा र आकाशमण्डलहरूको प्रारम्भिक गठनबारे अनुसन्धान समेत गर्न सकिने बताएका छन् । 

 

पछिल्लो अध्यावधिक: माघ ८, २०७९ १९:३३