close

डिशहोमले यी ठाउँमा माग्यो फाइबर प्राविधिक

टेकपाना टेकपाना

माघ ९, २०७९ १४:५३

डिशहोमले यी ठाउँमा माग्यो फाइबर प्राविधिक

काठमाडौं । डीटीएच तथा इन्टरनेट सेवाप्रदायक डिशहोमले विभिन्न ठाउँमा फाइबर प्राविधिक कर्मचारी माग गरेको छ । यसअन्तर्गत नेपालगन्ज, टाँढी (चितवन), लालबन्दी (सर्लाही), लम्की (कैलाली), बासँगढी (बर्दिया) र कोहलपुर (बाँके) क्षेत्रमा फाइबर प्राविधिक माग गरिएको हो ।

डिशहोमका अनुसार नेपालगञ्जमा काम गर्न इच्छुक व्यक्तिका लागि कामको अनुभव नचाहिए पनि बाइक र लाइसेन्स अनिवार्य गरिएको छ । अन्य ठाउँमा फाइबर प्राविधिक भएर काम गर्न फाइबर नेटवर्क क्षेत्रमा अनुभवी हुनुपर्ने  कम्पनीले जनाएको छ ।

 इच्छुक व्यक्तिले यो ईमेल ठेगाना ([email protected]) मा आवेदन दिन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: माघ ९, २०७९ १४:५३