close

६ जीबी र्‍याम र ६००० एमएएच ब्याट्री सहित अनरको सस्तो फोन नेपाली बजारमा

टेकपाना टेकपाना

माघ १०, २०७९ १३:८

६ जीबी र्‍याम र ६००० एमएएच ब्याट्री सहित अनरको सस्तो फोन नेपाली बजारमा

काठमाडौँ । 'अनर एक्स सेभेन ए' स्मार्टफाेन नेपाली बजारमा भित्रिएकाे छ । सस्तो र टिकाउ फोनको रूपमा अघि सारिएकाे याे फोनमा ६.७४ इन्चको टीएफटी एलसीडी डिस्प्ले छ ।

मिडियाटेक एमटी६७६५ एज हेलियाे जी३७ (Mediatek MT6765H Helio G37) चिपसेटद्वारा सञ्चालित फोन एन्ड्रोइड १२ र म्याजिक यूआई ६.१ मा आधारित छ ।

यो फोन नेपाली बजारमा ६ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध छ । फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ५ मेगापिक्सेल अल्ट्रावाइड, २ जीबी अल्ट्रावाइड र २ मेगापिक्सेलकै डेफ्थ सेन्सर छ ।

साथै ८ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएकाे छ । कम्पनीका अनुसार फोनमा ३० एफपीएसको १०८० पिक्सेलको भिडिओ रेकर्ड गर्न सकिन्छ ।

त्यस्तै फाेनकाे मुख्य विशेषताका रूपमा ६००० एमएएच क्षमताको ब्याट्री छ, जसका लागि  २२.५ वाटको वायर्ड चार्जर र ५ वाटकाे रिभर्स वायर्ड चार्जर दिइएकाे छ ।

नेपाली बजारमा यसको मूल्य २२ हजार ९९० रुपैयाँ तोकिएको  छ ।

पछिल्लो अध्यावधिक: माघ १०, २०७९ १३:५३