close

नीति निर्माणमा इनोभेसनलाई केन्द्रमा राख्न आवश्यकः अर्थविद् प्राडा. नेपाल

टेकपाना टेकपाना

माघ १०, २०७९ १५:२४

नीति निर्माणमा इनोभेसनलाई केन्द्रमा राख्न आवश्यकः अर्थविद् प्राडा. नेपाल

काठमाडौँ । अर्थविद् प्राडा. गोविन्द नेपालले उपलब्ध प्रविधिहरूको प्रयोग राम्रोसँग हुन नसकेको बताएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट)ले आयोजना गरेको एकदिने राष्ट्रिय नवप्रवर्तन सम्मेलनमा बोल्दै उनले अहिले उपलब्ध भइरहेका प्रविधिहरू देशमा राम्रोसँग उपयोग हुन नसकेको धारणा राखे ।

''हाम्रा धेरै उद्योग कलकारखानाहरू नयाँ इनोभेसन हुन नसक्दा बन्द हुने स्थितिमा पुगेका छन् । देशको कुनै पनि क्षेत्रमा आईसीटीको प्रयोग २५ प्रतिशत पनि काम गर्न सकेका छैनौं,' उनले भने, 'यसले देशलाई ठूलो घाटा पुर्‍याइरहेको छ ।'

सरकार आफैंले पनि डिजिटल माध्यम तथा नयाँ प्रविधिको राम्रोसँग उपयोग गर्न नसकेको उनको गुनासो थियाे । सरकारी क्षेत्रमा नै पनि प्रविधिको राम्रोसँग प्रयोग नभएको बताउँदै उनले यसबाट सहजता भन्दा पनि उल्टै समस्या पैदा भइरहेकाे भनाइ राखे ।

''विश्वभर के भएको छ थाहा पाउन जरुरी छ, तर नेपालका लागि आवश्यक प्रविधि के हो भनेर छलफल गरेर त्यस्तो इनोभेसनमा काम गर्नु जरुरी छ । सरकारले नीति बनाउँदा इनोभेसनलाई केन्द्रमा राखेर बनाउनु आवश्यक छ,'' उनले बताए ।

पछिल्लो अध्यावधिक: माघ १०, २०७९ १५:२४