close

हरिवंश आचार्यले किने बिजुली कार 'बीवाईडी एट्टो थ्री'

टेकपाना टेकपाना

माघ १०, २०७९ १७:१५

हरिवंश आचार्यले किने बिजुली कार 'बीवाईडी एट्टो थ्री'

काठमाडौँ । वरिष्ठ कलाकार हरिवंश आचार्यले विद्युतीय कार 'बीवाईडी एट्टो थ्री' खरिद गरेका छन् । उनले आफ्नो फेसबुक पेजमा 'आज बाट म पनि देश मै उत्पादित बिजुली बाट चल्ने BYD को "बिजुली गाडी" मा ' भन्ने पोस्टसहित कार खरिद गरेको फोटो पोस्ट गरेका छन् ।

यो कारको मूल्य ८९ लाख ९० हजार रुपैयाँ रहेको छ । कारमा ५० किलोवाट र ६०.५ किलोवाट क्षमतायुक्त ब्याट्री रहेको छ, जसले एक पटकको फुल चार्जमा ४२० किलोमिटर रेन्ज दिनसक्छ ।

यस गाडीमा ४४० लिटरदेखि १,३४० लिटरसम्मको बुट स्पेस, १२.८ इन्चको एडाप्टिभ रोटेटिङ मल्टिमिडिया कार्पेट, ३६० डिग्री होलोग्राफिक ट्रान्सप्यारेन्ट इमेजिङ सिस्टम मिरर, वन-टक इलेक्ट्रिक टचगेट, टायर प्रेसर मनिटरिङ सिस्टम, डिराक अडियोयुक्त ८ ओटा स्पिकर, एनएफसी कार्ड की, पीएप २.५ एयर फिल्टर फिचर समावेश छ ।   

 

पछिल्लो अध्यावधिक: माघ १०, २०७९ १७:१९