close

भाइबरमा अब बिजनेस र व्यक्तिगत मेसेज छुट्टाछुट्टै इनबक्समा आउने

टेकपाना टेकपाना

माघ ११, २०७९ १२:४२

भाइबरमा अब बिजनेस र व्यक्तिगत मेसेज छुट्टाछुट्टै इनबक्समा आउने

काठमाडौं । राकुटेन भाइबरमा अब बिजनेस र व्यक्तिगत मेसेज छुट्टाछुट्टै इनबक्समा आउने भएको छ । कम्पनीले बिजनेस हाउसबाट आउने मेसेजहरूलाई व्यवस्थित गर्नका लागि ‘बिजनेस इनबक्स’ का रुपमा छुट्याएको छ ।

कम्पनीले भाइबरलाई 'सुपर एप' बनाउने रणनीति अन्तर्गत यो फिचर उपलब्ध गराएको हो ।

‘‘भाइरबमा आफ्नो ब्राण्डको अकाउन्ट बनाएर ग्राहकसँग कुराकानी गर्नका लागि ‘बिजनेस इनबक्स’ ल्याइएको हो,’’ कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘‘बिजेनस हाउसबाट आउने मेसेज र व्यक्तिगत मेसेज फरक-फरक ठाउँमा हुनेहुँदा प्रयोगकर्तालाई मेसेज पढ्न समेत सहज हुनेछ ।’’

कम्पनीका अनुसार एकपटक कुनै पनि बिजनेस हाउसको मेसेज प्राप्त गरेसँगै स्वतः बिजनेस इनबक्स क्रियट हुनेछ । भने, यसअघि नै जोडिएका बिजनेस मेसेज स्वतः विजनेश इनबक्समा जानेछ ।

कम्पनीका अनुसार बिजनेस इनबक्समा गएको च्याटलाई प्रयोगकर्ताले चाहेको खण्डमा नर्मल इनबक्समा समेत ल्याउन सक्नेछ । साथै कुनै बिजनेस अकाउन्टलाई पिन गरेर समेत राख्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: माघ ११, २०७९ १२:५०