close

नबिल बैंकका ग्राहकलाई सीजी डिजिटल र एलजीका सामानमा २० प्रतिशत छुट

टेकपाना टेकपाना

माघ ११, २०७९ २१:५०

नबिल बैंकका ग्राहकलाई सीजी डिजिटल र एलजीका सामानमा २० प्रतिशत छुट

+काठमाडौं । नबिल बैंक लिमिटेडले सीजी डिजिटल र एलजी लाइफस्टाइलको शोरुम (आउटलेट)बाट सामान खरिद गर्दा छुटका योजना ल्याएको छ । आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा सहयोग गर्नको लागि सीजी डिजिटल र एलजीको सामान खरिदमा छुट दिने अफर ल्याएको हो ।

अब नबिल बैंकका ग्राहकले देशभर रहेका सीजी डिजिटल र एलजी लाइफस्टाइलका आउटलेटबाट इलेक्ट्रोनिक सामग्री खरिदमा २० प्रतिशत अग्रिम छुट पाउने भएका छन् ।

डिजिटल कारोबारमा छुटको व्यवस्थाले बैंकका ग्राहकलाई थप सहज हुने नबिल बैंकका खुद्रा कारोबार प्रमुख निरज शर्माले बताए । यस्तो सुविधा लिनको लागि नबिल बैंकको कार्ड आवश्यक पर्नेछ ।

यो सुविधा सीमित अवधिको लागि दिएको नबिलले जनाएको छ ।

पछिल्लो अध्यावधिक: माघ ११, २०७९ २१:५०