close

खल्ती डिजिटल वालेट सातौं वर्षमा प्रवेश

टेकपाना टेकपाना

माघ १२, २०७९ ९:५७

खल्ती डिजिटल वालेट सातौं वर्षमा प्रवेश

काठमाडौँ । खल्ती डिजिटल वालेट छैटौँ वर्ष पूरा गरी सातौं वर्षमा प्रवेश गरेको छ । आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा यस यात्रामा साथ रहेका सम्पूर्ण प्रयोगकर्ता, साझेदार, नियामक, एजेन्ट, र व्यापारीहरूलाई खल्तीले आभार व्यक्त गरेको छ ।

''खल्ती नेपालभर दैनिक तीन लाखसम्म भुक्तानी गरिरहेका ३१ लाख प्रयोगकर्ताको साथ लिई तीव्र गतिमा अघि बढ्दै गइरहेको वित्तीय प्रविधि स्टार्टअपको रूपमा उभिएको छ,'' कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ''हाल देशभर ७० हजार एजेन्ट, ६० हजार मर्चेन्ट, ५० बैंक तथा वित्तीय संस्था, ११ सय सहकारीहरू र २५० कर्मचारी को साथमा काम गरिरहेको छ ।''

खल्तीले गत वर्ष ‘डिजिटल अपर्च्युनिटी इन्क्लुजन अवार्ड’ को विधामा ‘विट्सा' ग्लोबल इनोभेसन एन्ड टेक एक्सिलेन्स अवार्ड २०२२’ जितेकाे थियाे । त्यस्तै कम्पनीले सूचना सुरक्षा व्यवस्थापन प्रणालीको लागि आईएसओ २७००१:२०१३ प्रमाणपत्र’ प्राप्त गरेको छ ।

छैठौं वर्षको उपलब्धिलाई मनाउँदै खल्तीले ‘के छ, खल्ती छ’ नारासहित सामाजिक सञ्जालमा सन्देश प्रचार गरेको छ । यसलगतै खल्तीले माघ १८ (फेब्रुअरी १) मा खल्ती मेम्बरशिप अन्तर्गत ‘खल्ती क्लब’ र ‘खल्ती प्रो’ नामक दुई सब्स्क्रिप्शन प्लान ल्याउने भएकाे छ ।

यस प्लानअन्तर्गत अझै विशेष अफर र सुविधा प्रदान गरिने कम्पनीले जनाएकाे छ । साथै, खल्तीले विभिन्न साझेदारसँग वार्षिकोत्सव मनाउँदै अफर र गिभअवे पनि ल्याएको छ ।

यस वर्षको संदेश ‘के छ , खल्ती छ’ सबै नेपालीले आफ्नो दैनिक कुराकानीमा प्रयोग गर्ने वाक्यांश हो, जसको अनुवाद हालखबर सोध्नु हो । यो सन्देशका लागि वैकल्पिक व्याख्याहरू पनि छन्, जहाँ  'K' शब्द 'खल्ती' र ‘छ’ शब्द ‘छैठौंमा वर्ष जनाउँछ, त्यसैगरी यसको अर्को अर्थ 'मसँग खल्ती छ' पनि हुन्छ ।

खल्ती एपलाई सबै उमेर समूहका मानिसलाई फाइदा पुग्ने ‘लाइफस्टाइल ब्राण्ड’ बनाउने लक्ष्यमा पनि अघि बढिरहेको छ । यस लक्ष्यमा पुग्न खल्तीले केही महिनाअघि ‘खल्ती क्विज ’ सुरु गरेको थियो ।

दैनिक ९,००० सक्रिय प्रयोगकर्ताहरूले क्विज खेली आफ्नो समय बिताउन र अफर तथा कुपनमा थप फाइदाहरू लिन सक्नेगरी विभिन्न उमेरका प्रयोगकर्तालाई उपयुक्त हुने गरी यो सुविधा ल्याएको कम्पनीले जनाएकाे छ ।

त्यसैगरी खल्तीले केही समयअघि मुभी टिकट काट्ने सुविधालाई थप प्रचार गर्दै #MyMovieMantra ल्याएको थियो, जसअन्तर्गत ५० सेकन्डभित्रै मुभी टिकट काट्न मिल्ने सुविधा दिइएकाे छ ।

खल्तीले विभिन्न चलचित्र, चलचित्र हलहरू र कार्यक्रम टिकटका लागि विशेष रूपमा साझेदारी गरेको छ । यस्ता प्लेटफर्मलाई बलियो माध्यम बनाउने क्रममा कम्पनीले ‘खल्ती क्लब’ र ‘खल्ती प्रो’ सुरु गरेको छ ।

वार्षिकोत्सव बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने,  “डिजिटल वित्तीय सेवाका साथ नेपाली जीवनलाई छुन र परिवर्तन गर्न पाउँदा हामी गर्व गर्छौँ । तपाईंको निरन्तर सहयोग र विश्वासको आशा गर्दै हामी आजभन्दा भोलि राम्रो गर्दै जाने प्रेरणा लिइरहने छौँ । हामी तपाईंको सुविधा र आनन्दको लागि तपाईंलाई थप नवीन र प्रभावकारी सेवाहरू प्रदान गर्न प्रतिबद्ध छौं ।”

पछिल्लो अध्यावधिक: माघ १२, २०७९ १०:९