close

भोलिदेखि भिरिन्ची कलेजमा आईसीटी मेला, विद्यार्थीका आविष्कार हेर्न पाइने

टेकपाना टेकपाना

माघ १२, २०७९ १३:४७

भोलिदेखि भिरिन्ची कलेजमा आईसीटी मेला, विद्यार्थीका आविष्कार हेर्न पाइने

काठमाडौं । ललितपुरस्थित भिरिन्ची कलेजको आयोजनामा शुक्रबारदेखि तेस्रो संस्करणकाे ‘आईसीटी मेला’ हुने भएको छ । कलेज परिसरमा तीन दिनसम्म चल्ने सो मेलामा कलेजका विद्यार्थीहरूले तयार पारेका सूचना तथा सञ्चार प्रविधिका परियोजनाहरू प्रदर्शनी गरिने कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आकाश सिम्खडाले जानकारी दिए ।

उनका अनुसार ब्याचलर्स अफ इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी (बीआईसीटी) सफ्टवेयर इन्जिनियरिङका विभिन्न सेमेस्टर अध्ययनरत विद्यार्थीले तयार पारेका प्रविधिकाे प्रदर्शनी हुनेछ । यसअन्तर्गत स्मार्ट हाउस सोलुसन, सेल्फ ब्यालेन्सिङ रोबोट, फेस डिटेक्सन डिभाइस, स्मार्ट ऐना, स्मार्ट सिंचाई, स्मार्ट पार्किङ लगायतका परियोजनाको विशेष प्रदर्शनी गरिनेछ ।

त्यस्तै मेलामा रोबो र्‍याम्प रेस अर्थात् रोबट रेस प्रतिस्पर्धा, र्‍यापिड कोडिङ च्यालेन्ज जस्ता प्रतियोगितासमेत रहेका छन् । साथै मेलाका अवलाेकनकर्तालाई लक्षित गरेर होलोग्राफी डिस्प्ले, मान्छेलाई पिछा गर्ने रोबोट, ह्यान्ड गेस्चर कार अर्थात हातको इशारामा चल्ने कार, एलईडी क्युब र आईसीटी गेम समेत राखिने सीईओ सिम्खडाले बताए । 

कलेजका विद्यार्थीहरुको प्रतिभा आमसर्वसाधारणसम्म ल्याउन प्रत्येक वर्ष कलेजले आईसीटी मेला गर्दै आएको छ । अवलोकनकर्ताका लागि निःशुल्क प्रवेशकाे व्यवस्था मिलाइएकाे छ ।

पछिल्लो अध्यावधिक: माघ १२, २०७९ १३:४८