close

प्रविधिमार्फत सहरी खानेपानी तथा ऊर्जा सेवाको स्तरोन्नति गर्न कार्यशाला हुँदै

टेकपाना टेकपाना

माघ १३, २०७९ ९:१२

प्रविधिमार्फत सहरी खानेपानी तथा ऊर्जा सेवाको स्तरोन्नति गर्न कार्यशाला हुँदै

काठमाडौं । ऊर्जा र खानेपानी क्षेत्रलाई डिजिटलाइज गर्दै प्रविधिमार्फत थप परिस्कृत गर्नका लागि एक कार्यशाला गोष्ठी आयोजना हुने भएको छ । सहरी सेवा प्रबन्धका चुनौतीहरूलाई ध्यानमा राख्दै, जीएसएमए डिजिटल उपयोगिता कार्यक्रम, दियालो टेक्नोलोजिज, घामपावरको सहकार्यमा “नेपालमा सहरी खानेपानी तथा ऊर्जा सेवा स्तरीकरण” विषयक कार्याक्रम आगामी माघ २४ गते हुन लागेको हो ।

कार्यक्रममा सार्वजनिक र निजी क्षेत्रका प्रमुख सरोकारवालाहरूका साथै लगानीकर्ता र संस्थाका प्रतिनिधिहरूको सहभागिता हुने बताइएको छ । यस कार्यशाला सहरी ऊर्जा र खानेपानी सेवामा सर्वसाधारणको पहुँचलाई किफायती, भरपर्दो, सुरक्षित र दिगो बनाउने चुनौतीहरूमा केन्द्रित रहने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा नेपालका खानेपानी तथा ऊर्जा विभागका बीस भन्दा बढि वरिष्ठ सरकारी अधिकारीहरू, जल तथा ऊर्जा क्षेत्रमा काम गर्ने संस्थाहरू र जीएसएमएले सहयोग गरेका संस्थाहरु सहभागी हुनेछन् । यसमा दियालो टेक्नोलोजिज, घामपावर तथा ईसेवा,  जियोकृषि, र प्राक्टिकल एक्सन आदि संस्थाहरुको सहभागिता रहनेछ । 

कार्यशालामा नेपालमा सहरी ऊर्जा र खानेपानकिो सेवाप्रवाहमा वर्तमान चुनौतीहरू बुझ्न, सस्तो र पहुँचयोग्य ऊर्जा तथा  सुरक्षित खानेपानीका क्षेत्रमा काम गर्ने नेपालका सरोकारवालाहरूसँग साझेदारी विकास गर्न र आपसी समझदारीका क्षेत्रहरू पहिचान गरिने बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: माघ १३, २०७९ ९:१२