close

गुगलको एआई टुल, जसले शब्दकै भरमा तयार पारिदिन्छ जुनसुकै विधाको संगीत

टेकपाना टेकपाना

माघ १४, २०७९ १४:९

गुगलको एआई टुल, जसले शब्दकै भरमा तयार पारिदिन्छ जुनसुकै विधाको संगीत

काठमाडौँ । पछिल्लो समयले एआईमा आधारित मसिनहरूले मानिसको जीवनलाई सहज बनाउँदै लगेको छ । अहिले बजारमा आएको अर्को चर्चाको विषय हो, संगीत सिर्जना गर्नसक्ने एआई ।

गुगलले हालै आफ्नो एउटा अनुसन्धानको विषयलाई सार्वजनिक गरेको छ, जसमा शब्दको भरमा संगीत सिर्जना गर्नसक्ने क्षमता भएको एआईको विषयमा उल्लेख गरिएको छ । तपाईँले उपलब्ध गराउनु भएको शब्दहरूको आधारमा उक्त एआईले गीत तयार गरिदिन सक्छ ।

यद्यपि यो पहिलो पहिलो एआई संगीत जेनेरेटर वा निर्माणकर्ता भने होइन । यसअघि पनि संगीत सिर्जना गर्नसक्ने एआईको परीक्षण तथा प्रयोग भएको छ ।

तर गुगलले तयार गरेको यो पछिल्लो म्युजिकएलएम (MusicLM) को मोडलमा दुई लाख ८० हजार संगीतका डेटा प्रयोग गरी नयाँ एआई तयार गरिएको छ । यसले संगीत निर्माण मात्र होइन, विभिन्न विधाका संगीतहरू तयार गर्नसक्छ ।

पछिल्लो अध्यावधिक: माघ १४, २०७९ १४:९